Khabar Dabali Logo
  December 1, Tue

उपाध्यक्ष सुवेदीद्वारा भलिबल, नेटसहित खेल सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गरेका छन् ।

फाइभस्टार क्लबका अध्यक्ष किरण केसीलाई शनिबार आयोजित कार्यक्रममा उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, यज्ञडोल (जगडोल) शहीद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभस्टार क्लबका अध्यक्ष केसी, वडा सदस्य जयराम महतलगायतका वक्ताले सुवेदीको सहयोगले भलिबलप्रेमीमा उत्साह थपेको बताए । कोरोनाबाट बच्न भलिबललगायत खेललाई दैनिक जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा उनीहरूले जोड दिउका थिए ।

सङ्घका उपाध्यक्ष सुवेदीले भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जोकोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी लायन्स क्लब इन्टरनेशनलका पूर्वडिस्ट्रिक्ट गभर्नरसमेत छन् । सुवेदी समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशकअघिदेखि निरन्तर क्रियाशील रहँदै आएका छन् ।

मंसिर ७ गते, २०७७ - ११:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन...   

बालयौन दुराचारका आरोपमा ६० वर्षीय फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...   

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको...   

नेकपा सचिवालय बैठक सकियो, ओली- प्रचण्डकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...   

मंगलबार थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ । मंगलबार नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...   

युरिया मल आएपछि पर्साका किसान हर्षित

पर्सा । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि...   

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले...   

अखाद्य वस्तु उत्पादन गर्ने चौँतीस उद्योग कानूनका दायरामा

काठमाडौं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी...   

नेपाल–भारत उडान दिनभित्रमा सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने...   
तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top