Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दर्जन पुल निर्माणसँगै भत्किएको सडक मर्मत शुरु

जाजरकोट । भेरी करिडोरअन्तर्गत छेडा– खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिए । पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा भत्किएका सडक मर्मतका लागि बोलपत्र आह्वान गरिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।

छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण सम्पन्न भएसँगै सडक डिभिजन कार्यालय चौरजहारीले छेडाबाट खलङ्गासम्मको दर्जन ठाउँमा भत्किएको सडक निर्माणका लागि प्रक्रिया शुरु गरेको हो । भेरी करिडोरअन्तर्गत छेडा–खलङ्गा सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छ वटा पुल निर्माण भएका हुन् । दुई चरणमा मर्मत गर्नका लागि काम शुरु गर्न लागेको डिभिजन प्रमुख भट्टले जानकारी दिए ।

सडक सञ्चालनमा आएको लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण अगाडि बढेको छ । नलगाडको झुर्मेखोलामा मोटरेबल पुल निर्माण पूरा भइसकेको छ । नलगाड नदीमा काम शुरु गर्न लागिएको छ । यस सडकखण्डको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सात वटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आह्वान भई काम शुरु भएको डिभिजनका प्रमुख भट्टले बताए । उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाडखोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए ।

त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ, छलगाड र करपगाडमा पनि मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रमुख भट्टको भनाइ छ । एक वर्षभित्र निर्माण पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको छ । सडक निर्माण शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि सडक कालोपत्रको काम शुरु गरिएको छ । अहिले रिम्नासम्म कालोपत्र गर्नका लागि कच्ची कटान गरी ग्रेट मिलाउने काम भएको छ ।

यो सडक भारतको रुपैडिया र चीनको मरिम्ला धो जोड्ने मुख्य रणनीतिक सडक हो । पुल नहुँदा यातायात सञ्चालनमा निकै कठिन भइरहेको छ । पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालनमा सहजता आउने स्थानीयवासीको भनाइ छ ।

पाँच वर्षअघि कालोपत्र भएको यहाँका सडकमा पुल नहुँदा खोलामा यात्रामा अवरोध हुँदै आएको थियो । नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना र डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागिसमेत सघाउ पुग्ने छ ।

त्यस्तै भेरी ‘ए’लगायतका आयोजनाको डिपिआरको कामका लागि सामग्री ल्याउन सजिलो भएको छ । त्यस्तै पश्चिम छेडाबाट जुनिचाँदे गाउँपालिका र कालीमटी–लिम्सासम्म यातायातका साधन सञ्चालनका लागि यातायात व्यवस्था विभाग कर्णाली प्रदेशले स्वीकृती दिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । केही ठाउँमा मर्मत गर्नुपर्ने टिप्पणीसहित यातायात सञ्चालनका लागि अनुमति दिइएको छ । अनुमति दिएसँगै नयाँ भाडादर कायम गरिएको छ । मध्यपहाडी लोकमार्गको काममा समेत सहजता आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies