Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पानीको समस्या भोग्दै आएका रोल्पाली शुद्धपानीको आशामा

रोल्पा । रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् ।

स्थानीय सरकारले खानेपानी योजनाका लागि बजेट विनियोजन गरे पनि कामले भने तीव्रता पाउन नसक्दा घण्टौँ पैदल हिँडेर खोला तथा पँधेराको पानी लिन जाने बाध्यता भोग्दै आएको स्थानीयवासीको भनाइ छ । रुन्टीगढी गाउँपालिकाको होलेरी बजारवासीले वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । सुक्खायामसँगै पानीका मुहान सुक्दै जाने हुनाले चैत, वैशाखको खडेरीमा रातभर जाग्राम बसेर पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ । त्यसरी ल्याउने पानीले खाना पकाउनसमेत नपुग्ने स्थानीय केशव चन्द बताउछन् ।

होलेरी बजार क्षेत्रको खानेपानीको समस्या टार्न आर्थिक वर्ष २०६९÷७० मा सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको थियो । होलेरीस्थित चन्दनखोलाबाट लिफ्ट प्रणालीमार्फत खानेपानी आयोजना सम्पन्न गर्न उपभोक्ता समितिलाई जिम्मा दिइएको थियो । समितिको लापरवाहीका कारण पाँच वर्षभित्र सम्पन्न हुने योजना सात वर्ष पूरा हुँदासम्म पनि सम्पन्न हुन नसकेको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाको तर्फबाट चालु आर्थिक वर्षमा सो योजना सम्पन्न गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए ।

सन् २०३० भित्र आधारभूत तहको खानेपानी तथा सरसफाइ सुविधा प्रत्येक नागरिकका घरघरमा पुर्याउने सरकारको लक्ष्यलाई कार्यान्वयन गर्न रोल्पा नगरपालिकाको सहजीकरणमा बृहत् खानेपानी आयोजना शुरु गरिएको छ । नगरपालिकाको वडा नंं १, २ र ४ का एक हजारभन्दा बढी लक्षित घरधुरी रहेको उक्त आयोजनाका लागि रु ३४ करोड बजेट खर्च हुने भएको छ । एशियाली विकास बैंकको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत स्थानीय जनताको लगानीमा उक्त आयोजना सम्पन्न गर्न लागिएको नगरपालिका प्रमुख पूर्ण केसीले जानकारी दिए ।

आयोजना स्थानीय सेवा प्रदायक संस्था लिवाङ बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले कार्यान्वयन गरिरहेको समितिका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको सो आयोजनाको ५० प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको आचार्यको भनाइ छ । “कोरोनाका कारण आयोजना प्रभावित हुँदा तोकिएको समयमा काम सम्पन्न हुन सकेन, अब तीव्रगतिमा काम हुन्छ”, आचार्यले भने।

लामो समयदेखि कुवा, पोखरी तथा मूलको पानी पिउन बाध्य नगरवासी आयोजना सम्पन्नपश्चात शुद्धीकरण गरिएको पानी उपभोग गर्ने आशामा रहेको स्थानीय तुलसा केसीले बताउनुभयो । नगर क्षेत्रमा खानेपानीको सही व्यवस्थापन नहुँदा घण्टौँ टाढाको खोला र पँधेरा पुगेर पानी ओसार्नुपर्ने बाध्यता रहेको केसीले बताए ।

त्यसैगरी गङ्गादेव गाउँपालिकाको ओतमा लिफ्ट प्रणालीबाट पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजनाको सहयोगमा खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरिएको थियो । सो आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका थिए । आयोजना बन्नुपूर्व दुई घण्टा पैदलयात्रामार्फत पोखरीको पानी पिउने बाध्यता हटेको स्थानीय हिमाली खड्काले बताए ।

सुनिल स्मृति गाउँपालिका–३ मिझिङका स्थानीयवासीले समेत खानेपानीको समस्या भोग्दै आएको वडा नंं ३ का वडासदस्य तेजकुमारी विष्टले बताए । खानेपानीको चरम समस्या भोग्दै आएका उनीहरुका लागि प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । आयोजनाको डिपिआर सम्पन्न भइसकेको र यसै वर्षदेखि काम शुरु हुने उहाँले जानकारी दिए ।

थवाङ गाउँपालिकामा समेत दुईवटा ठूला योजना शुरु गरिएको छ । आयोजनाका लागि रु ५० लाख बजेट विनियोजन गरी तीव्रताका साथ काम भइरहेको सो गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए । जिल्लाका लुङ्ग्री गाउँपालिको गुम्चाल, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका तथा परिवर्तन गाउँपालिकाका स्थानीयवासीले समेत खानेपानीको समस्या भोग्दै आएका छन् ।

खानेपानी समस्या भोग्दै आएका जिल्लावासी समयमै आयोजना सम्पन्न हुने कुरामा भने आशङ्का व्यक्त गर्छन् । “मुहान विवाद, बजेट अभाव, निर्माण व्यवसायी र उपभोक्ता समितिको लापरवाहीले समयमै आयोजना नबन्ने हो कि भन्ने कुरामा ढुक्क हुनसकेका छैनौ‌”, रोल्पा–४ का मिलन मल्लले भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies