
सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

-
खबरडबली संवाददाता
-
मंसिर ६ गते, २०७७ - १८:१७

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् ।
शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा ओली निकट कार्यकर्ताहरुले पूर्व अर्थमन्त्री समेत रहेको स्थायी समिति सदस्य पाण्डेमाथि दुर्व्यवहार गरेका हुन् ।
नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले चितवनमा पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा गरेका छन् ।
स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य पाण्डेमाथिको अभद्र व्यवहार तथा नाराबाजी सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक पार्टीका लागि पटक्कै नसुहाउने पनि नेता नेपालले बताएका छन् ।
नेपालले उक्त कार्य गर्ने/गराउने जो सुकै भए पनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्नुपर्ने बताएका छन् ।
पाण्डेमाथि शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट कार्यकर्ताहरुले दुर्व्यवहार गरेका थिए ।
कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका ४/५ जना बढीको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए ।
उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याएकोले कार्यक्रम स्थगित गरिएको नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले बताए ।
उक्त टोली साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएको बताइएको छ । थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकीय हुन् । उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन् ।
नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले कार्यक्रमको स्थगितपछि कमिटीको बैठक बसेर उक्त क्रियाकलाप्रति खेद समेत प्रकट गरिएको बताए । उनले केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको आरोप लगाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पुर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात
काठमाडौं । पुर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका...सर्वोच्वले संसद बैठकका लागि १३ दिन किन तोक्यो ? यस्तो छ कारण !
काठमाडौं । विघठित संसदको पुनस्थापनाको फैसला गरेको सर्वोच्व अदालतले संसद बैठकका लागी किन १३ दिन तोक्यो...१४ वर्षीय किशोरद्वारा हातखुट्टा बाँधेर एकैदिन ४ बालिकामाथि बलात्कार
गुलरिया । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको...प्रचण्ड–माधवले यस्ताे रणनीति अपनाए के हुन्छ ? राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुखमा नयाँ समिकरण !
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फागुन ११ गते सर्वोच्च अदालतले...जसपा नेता र प्रचण्ड–नेपालबिच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी...शक्ति र सत्तासँग नझुकी जसले संविधान बचाए
काठमाडौं। नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई संविधानको संरक्षकको गरिमा र जिम्मेवारी दिएको छ।...प्रचण्डलाई भेटेर के भने वामदेव गौतमले ?
काठमाडौं । सवोच्व अदालतले विघठित संसद पुनस्थापनाको फैसला गरेलगत्तै आफु नेकपाको एकता बचाउन लाग्ने...ओली समूहको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको...कांग्रेसको पदाधिकारी बैठक बस्दै, के गर्ला निर्णय ?
काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।...ओली पक्षिय युवा संघमा फेरी लफडा
पोखरा। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समुहको राष्ट्रिय युवा संघ कास्कीको संयोजक चयन प्रति असहमती...

प्रतिकृया लेख्नुहोस्:
- तालाबन्दी खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय
- प्रधानमन्त्री ओलीले संसद्मा डटेर सामना गर्नुहुन्छ : उपप्रधानमन्त्री पोखरेल
- ओली समुहको प्रमुख सचेतक बने भट्टराई
- बालिका बलात्कार गर्ने २२ वर्षीय युवकलाई १८ वर्ष कैद सजायको फैसला
- अब परीक्षा उत्तीर्ण भएको एक महिनाभित्रमा चालक अनुमतिपत्र पाइने
- सर्वोच्वले संसद बैठकका लागि १३ दिन किन तोक्यो ? यस्तो छ कारण !
- प्रचण्ड–माधवले यस्ताे रणनीति अपनाए के हुन्छ ? राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुखमा नयाँ समिकरण !
- जसपा नेता र प्रचण्ड–नेपालबिच भेटवार्ता, के भयो छलफल ?
- प्रचण्डलाई भेटेर के भने वामदेव गौतमले ?
- कांग्रेसको पदाधिकारी बैठक बस्दै, के गर्ला निर्णय ?