Khabar Dabali Logo
  November 25, Wed

आज विश्व टेलिभिजन दिवस : अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

काठमाडौँ । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।

आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्उनुपर्ने बेला भएको उल्लेख गरेका छन् । सबै अनलाइन टिभीकर्मीलाई सङ्गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उहाँहरुले सबैलाई आह्वान गरेका छन् । अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्घले जानकारी दिएको छ । नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहेपनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन ।

मंसिर ६ गते, २०७७ - १०:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय उडान संख्या अझै बढाउने सीसीएमसीको निर्णय

काठमाडौँ । कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय...   

कोरोना विरुद्धको खोप प्रमाणित हुने बित्तिकै नेपालीले पाउँछन् : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित...   

पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ...   

उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...   

राजनीतिक प्रस्तावको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित छैन : प्रचण्डको सचिवालय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय...   

पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनालाई कोरोना, २४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन...   

नेपाल–भारत सम्बन्ध विदेश सचिवको भ्रमणले हार्दिकतातर्फ फर्कने अपेक्षा

काठमाडौँ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले...   

बैतडीमा जीप दुर्घटना हुँदा ५ को घटनास्थलमै मृत्यु, ४ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी...   

म्याग्दीका पूर्वाधार आयोजनाको काम अलपत्र

म्याग्दी । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top