Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

आइसियु र भेन्टिलेटर चलाउन पहल

भजनी । कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताएका छन् । “अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।” अध्यक्ष रावलले भने, “अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान जाने गरेको छ । हामीले त्यसैलाई मध्यनजर गर्दै अबको दुई महिनाभित्र आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने गरी स्थानीय तहसँग समन्वय शुरु गरेका छौँ ।”

अध्यक्ष रावलले टीकापुर नरगपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र महुन्याल गाउँपालिकासँग छलफल भएको बताएका छन् । उनले दश बेडको आइसियु र सात बेडको भेन्टिलेटर सञ्चालनका लागि पूर्वाधार अस्पतालसँग भए पनि आवश्यक पर्ने जनशक्तिका लागि भने आर्थिक अभाव भएका कारण स्थानीय तहसँग छलफल गरिएको बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि एकजना एनेस्थेसियालोजिष्टसहित ३२ जना थप कर्मचारी व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि करिब रु दुई करोड ३७ लाख ५५ हजार ८०० अनुमानित खर्च हुने बताए। राईले उपकरणमात्र भएर सेवा सञ्चालन गर्न नसकिने भन्दै जनशक्तिका लागि आर्थिक पाटोसक्षम भए आइसियु सञ्चालन गर्न कुनै समस्या नरहेको बताएका छन्। उनले आइसियु सञ्चालन हुँदा टीकापुरका लागि मात्र नभई आसपासका क्षेत्रलाई समेत महत्वपूर्ण टेवा पुग्ने बताए।

अस्पताल विकास समितिको समन्वयमा भएको सर्वदलीय छलफलमा अस्पतालमा आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि स्थानीय तह सकारात्मक देखिएका छन् । भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटाले कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा बिरामीले अस्पतालमा बेड पाउने अवस्था नरहेको बताउँदै यो समयमा आइसियु स्थापना प्रस्ताव महत्वपूर्ण रहेको बताएका छन्।

त्यस्तै, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा चालू आवमा सबैभन्दा कम बजेट आएको बताउँदै आइसियु सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आइसियु सञ्चालनका लागि टीकापुर नगरपालिकाले अग्रपङ्क्तिमा रहेर सहयोग गर्ने बताउँदै एउटै स्थानीय तहले मात्र चाहेर आइसियु सञ्चालन गर्न सम्भव नरहेको बताए।

छलफलमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सरकारले नै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको अवस्थामा सबै स्थानीय तह मिलेर सङ्घ र प्रदेशलाई दबाब दिनै भए पनि आइसियु सञ्चालन सुझाव दिएका छन्। सुदूरपश्चिम प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार भएर पनि जनशक्तिको अभावमा बिरामीलाई नेपालगञ्ज, धनगढी रेफर गर्नुपर्ने बाध्यता रहँदै आएको छ । कैलालीको आधाभन्दा बढी स्थानीय तह र बर्दियाको आधाभन्दा बढी स्थानीय तहका नागरिक उपचारका लागि टीकापुर अस्पतालमा आउने गर्दछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies