Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कञ्चनपुरमा शव जलाउने दाउरा अभाव

कञ्चनपुर । सामुदायिक वनबाट काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि कञ्चनपुरमा शव जलाउन दाउराको अभाव हुन थालेको छ ।

सामुदायिक वनबाट थोरै मूल्यमा उपलब्ध हुने काठ दाउरा नपाइने भएपछि स्थानीय उपभोक्तालाई चर्को मूल्यमा मिलहरुबाट शव जलाउनका लागि दाउरा खरिद गर्नुपर्ने बाध्यता भएको छ । घर निर्माण कार्य भने काठकै अभावमा अलपत्र परेका छन् । धेरै जनाले काठको विकल्पमा आल्मुनियमको प्रयोग गरी घर निर्माणमा जुटेका छन् ।

विपन्न परिवारका लागि घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउरा उपलब्ध नहुँदा साँझ बिहानको खाना पकाउन निकै अप्ठ्यारो परेको छ । “सामुदायिक वनमा दाउरा माग्न जादा बन्द भएको कारण दर्शाउँदै फर्काउने गरेका छन्”, उपभोक्ता मिना चौधरीले भने, “दैनिक मजदूरी गरेर जीविका धानिँदै आएकाले ग्यास खरिद गर्न सक्दैनौँ । दाउरा उपलब्ध नहुँदा निकै मार्कामा परेका छौँ ।”

“वन क्षेत्रमा काटिएको काठ दाउरा कुहिएर जान थालेको छ”, बैजनाथ सामुदायिक वनका उपभोक्ता सुशीला धामीले भने, “शव जलाउन, विवाह, वर्तबन्ध, चाडपर्वलगायत अन्य कार्यका लागि काठ दाउरा खरिद गर्नुपर्ने भएको छ । वनबाट लाभ लिनका लागि संरक्षण गरेका हौँ । वन पैदावार उपभोग गर्न नै नपाइने भएपछि संरक्षण गर्नुको के अर्थ हुन्छ ।”

उपभोक्ताले घरकाज, मुत्युसंस्कार, धार्मिक कार्यलगायत काठ दाउराको माग गर्दै आएको भए पनि दिन नसक्दा वन संरक्षणमा उपभोक्ताको धारणा नकारात्मक बन्दै जान थालेको सामुदायिक वनका पदाधिकारीको भनाइ छ । “नियमानुसार काटिएको काठ दाउरा वन क्षेत्रमै अलपत्र छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भने “काठ चोरी हुनबाट रोक्नका लागि दिनरात नभनी वन क्षेत्रमै खटिनुपर्ने अवस्था रहेको छ । काठ दाउरा दिन नसक्दा उपभोक्ता रुष्ट हुन थालेका छन् ।”

मन्त्रिपरिषद्को गत जेठ १५ गतेको निर्णयानुसार सालका काठ, दाउरा सङ्कलन तथा वितरण माथि प्रतिबन्ध लगाइएको हो । वन क्षेत्रमा काटेको काठ सङ्कलन गरी घाट गद्दि गर्ने कार्य नहँुदा काठ चोरी हुने, आगलागी भई नष्ट हुने, कुहिने र सामुदायिक वनको आम्दानी र काठबाट उपलब्ध हुने राजश्वमा ह्रास आउने समस्या बढ्दै गएको छ । “सामुदायिक वनबाट काठ नपाइएपछि घर निर्माणको कार्य अपूरै रहेको छ”, सामुदायिक वनका उपभोक्ता भागिराम चौधरीले भने, “काठको अभावमा फाटेको कपडा झ्याल, ढोकाका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।”

वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनमा मात्रै नभएर लागू नभएका वनको पनि काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि उपभोक्ता निकै आक्रोसित भएका छन ।“वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम सरकारले नै लागू गरेको हो”, स्थानीयवासी जगत चौधरीले भन्नुभयो, “सरकारले नै पुराना काम नलाग्ने रुख काट्नका लागि कार्य योजना बनाइ आदेश दिएको हो । सरकारले नै काटेको काठ सङ्कलन गर्न दिँदैन । उपभोक्ताले सामुदायिक वन मात्रै जोगाउने हो की वन पैदावार उपभोग पनि गर्न पाउँछन । यसको निक्र्योल गरिनुपर्छ । काठ सङ्कलनमा लगाइएको बन्देज तत्काल फुकुवा हुनुपर्छ ।”

“वनमा काठ कटानी गर्दा अनियमियता भएको छ भने त्यसको छानविन हुनुपर्छ । साधारणसभा नै बोलाएर वैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुदायिक वनले कार्य योजना बनाइ स्वीकृत भएपछि रुख कटानी गरेका हुन्” भगवती सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले भन्नुभयो, “अनियमियतता नै भएको हो भने सामुदायिक वनको साधारणसभा बोलाई उपभोक्ताको राय आउने गरी पुनःनिष्पक्ष छानविन गरिनुपर्छ ।”

“वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू नभएका वनको काठ दाउरा समेत सङ्कलनमा रोक लगाइएको छ । त्यो खुला हुनुपर्छ” उनले भने । कञ्चनपुरका ११ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies