Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नगरप्रमुख छाडेर कोरोना सङ्क्रमित बोक्दै चालक

गलकोट । कोरोना कहरमा शुरुको समय अत्यन्तै कठिन थियो । कोरोना सङ्क्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो । नेपालकै छैटौं सङ्क्रमितका रूपमा रहेका बागलुङ नगरपालिका–३ का ६५ वर्षीय महिलालाई लिन गत चैत दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएपछि स्वास्थ्य कार्यालयका सवारी चालकले सङ्क्रमितलाई अस्पताल ल्याएका थिए ।

यस्तो घटना पुनः काठेखोला गाउँपालिका–५ मा आरडिटी पोजेटिभ देखिएका एक महिलालाई बोक्न रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालक मानेनन् । शुरुमा केही असहज परिस्थितिमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेपछि नेपाल रेडक्रस सोसाइटी बिहुँ शाखा र पैयुपाटा स्वास्थ्यचौकीको एम्बुलेन्सले कोरोना सङ्क्रमित बोक्न थालियो । यद्यपि चालकको अभावै खड्किएपछि बागलुङ नगरपालिकाका हलुका सवारी चालक कमल कार्कीलाई मानवीय भावना पैदा हुन थाल्यो र स्वतःस्फूर्तरूपमा कोरोना सङ्क्रमितलाई बोक्न थाले ।

गत चैत महिनाको पहिलो सातासम्म बागलुङ नगरपालिकाका प्रमुखको सवारी चलाउँदै आउनुभएका काठेखोला गाउँपालिका–७ रेशका ४० वर्षीय कार्कीले नगरपालिकाकै अर्का सवारी चालकलाई नगरप्रमुखको सवारी चलाउन दिएर आफूले सङ्क्रमितलाई एम्बुलेन्समा बोक्दै आउनुभयो । अन्य समयमा नगरपालिकाको अर्को सवारीमा स्वाब सङ्कलनमा जाने स्वास्थ्यकर्मी बोक्दै आएका थिए । सत्र वर्षदेखि नगरपालिकामा काम गर्दै आउनुभएका कार्कीले १४ वर्षदेखि नगरपालिकाको शुरुमा कार्यकारी अधिकृतको सवारी र पछिल्लो समय नगरप्रमुखको सवारी चलाउँदै आए पनि गत चैतदेखि उनले एम्बुलेन्स र नगर स्वास्थ्यकर्मीको सवारी चलाउँदै आएका छन् । अहिलेसम्म १८० सङ्क्रमित र दुई सङ्क्रमितको शव एम्बुलेन्समा बोकिसकेको चालक कार्कीले बताए ।

“शुरुमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेको कुरा मैले सुनेको थिएँ, सङ्क्रमितले चालक नपाएर दुःख पाएको थाहा पाएपछि मेयर’सापको सवारी चलाउँदै आएको म एकाएक एम्बुलेन्स चलाउन थालेँ”, सवारी चालक कार्कीले भने, “आखिर चालकले सवारी नै चलाउने हो, सङ्कटमा मानवीय सेवा गर्नुपर्छ भन्ने कुरा मनमा आएपछि सङ्क्रमित बोक्न थालेको हुँ ।” नगरपालिकाको चालक रहेका कार्कीले नगरपालिकाको स्वास्थ्य शाखाको सवारीसमेत चलाउँदै आएका छन् । उनले नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा खाना पुर्याउनका लागिसमेत नगरपालिकाको सवारी चलाउँदै आएका छन्।

“सङ्क्रमित बोक्नेबाहेक मैले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँमा पुर्याउने काम गर्दै आएको छु”, कार्कीले भने, “आफू सुरक्षित भएर सङ्क्रमित बोक्दा सङ्क्रमण सर्ने जोखिम हुँदैन”, पिपिइको प्रयोग गरेर सङ्क्रमित बोक्दा सङ्क्रमण नसर्ने भएकाले अन्य चालकलाई समेत नडराउन उहाँ सुझाव दिन्छन् । उनले नगरपालिकाको चालकले पाउने तलब भत्ताबाहेक अग्रमोर्चामा खटिने जोखिम भत्ता र सङ्क्रमित बोकेको भत्तासमेत पाउँदै आएका छन् । एकपटक सङ्क्रमित बोकेमा बागलुङ नगरपालिकाले रु दुई हजार ५०० दिँदै आएको कार्कीले बताए।

अन्य समयभन्दा पिपिइ लगाएर सवारी चलाउँदा निकै समस्या हुने कार्कीको अनुभव छ । उनले बलेवाको अमलाचौर, भकुण्डे, पैयुपाटा, बिहुँसम्म पुगेर सङ्क्रमितलाई एम्बुलेन्समार्फत धवलागिरि अस्पताल ल्याउँदै आएका छन् । निकै जोखिमपूर्ण काम रहेको भन्दै एम्बुलेन्स चालकले हात धोएको समयमा आफूले जागिरभन्दा पनि सङ्कटमा मानवीय सेवा र दायित्व सम्झेर सहयोग मात्रै गरेको कार्कीको भनाइ छ । “धेरैबेर पिपिइ लगाएर सवारी चलाउन निकै समस्या हुन्छ, दिसापिसाबसमेत रोकेर राख्नुपर्ने हुन्छ”, उनले भने, “जागिर मात्रै खाने भए त मलाई कुनै दुःख गर्नुपर्ने थिएन, सरर.. एसी गाडीमा मेयर’सापलाई बोक्दा सहजै हुन्थ्यो, तर सङ्कटको घडीमा केही सेवा गरौँ भन्ने लागेर एम्बुलेन्स चालक भएँ ।”

एउटै एम्बुलेन्समा आठ जनासम्म कोरोना सङ्क्रमित एकैपटक बोकेको अनुभवसमेत कार्कीसँग छ । बागलुङ जिल्लाको अन्य स्थानीय तहमा भन्दा बागलुङ नगरपालिकामा धेरै सङ्क्रमित भएका कारण आफूले जिल्लामै सबैभन्दा बढी सङ्क्रमित बोकेको उहाँको भनाइ छ । शुरुमा गाउँबाट समेत सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित धवलागिरि अस्पतालमा उपचारका लागि ल्याउनपर्ने भएकाले आफूले धेरै सङ्क्रमित बोक्ने अवसर पाएको उनको भनाइ छ । अहिलेसम्म सुरक्षित भएर एम्बुलेन्स चलाएका कारण आफूलाई कोरोना सङ्क्रमण नभएको उहाँको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies