Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।

मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्याएको उनले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । “दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,” मुख्यमन्त्री केजरीवालले भने ।

उनले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे ।

धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे ।

कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् ।

बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताए ।

“सवै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उनीहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु,” उनले भने ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies