Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दुर्गम गाउँको स्वास्थ्यचौकी अस्पतालमा रुपान्तरणः स्थानीयवासी उत्साहित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकी अस्पतालका रूपमा रुपान्तरण हुने भएको छ ।

दश श्ययाको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय विशेष निर्णयानुसार देशका १० स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पतालको रुपमा रुपान्तरण गर्न लागेको हो ।

पिपलाडी स्वास्थ्यचौकीलाई अस्पताल निर्माणका लागि मन्त्रालयले रु ७० लाख बजेट निकासा पठाएको छ । मन्त्रालयले पठाएको रकमले अस्पतालका भौतिक संरचना निर्माण गर्नका लागि अपुग हुने भएपछि सुदूरपश्चिम प्रदेश सरकारको समपुरक कोषबाट रु १४ लाख र नगरपालिकाले रु २५ लाख रकम खर्चिने भएको छ । “अस्पताल निर्माणलाई नगरको गौरवको योजनाअन्तर्गत राखेर बजेट विनियोजन गरेका छौँ”, नगरप्रमुख दिलबहादुर ऐरले भने, “अस्पतालका भौतिक संरचना निर्माणका लागि तत्कालै ठेक्का प्रक्रिया अगाडि बढाउन लागेका छौँ ।” उनका अनुसार सङ्घ, प्रदेश र नगरको संयुक्त साझेदारीमा अस्पताल निर्माण हुनेछ ।

पिपलाडी स्वास्थ्यचौकीलाई अस्पताल बनाउने भएपछि यस क्षेत्रका स्थानीयवासी उत्साहित भएका छन् । अब गाउँघरमै सहज स्वास्थ्य सेवा पाउनेभएपछि उनीहरु उत्साहित भएका हुन् । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी मन्त्रालयमा पठाइसकिएको छ । डिपिआरमा अस्पतालका भौतिक संरचना निर्माणका लागि रु ३२ करोड रकम लाग्ने अनुमान गरिएको छ । अस्पतालका भौतिक संरचना निर्माणका लागि मङ्सिर १५ गते शिलान्यास कार्यक्रम राखिएको छ । भिडियो कन्फरेन्समार्फत स्वास्थ्यमन्त्रीले अस्पताल भवनको शिलान्यास गर्ने तय गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सबै स्थानीय तहमा पाँच, १० र १५ श्ययासम्मको आधारभूत अस्पताल तथा स्तरोन्नति गरिने घोषणापश्चात देशका २६४ स्वास्थ्यचौकीको स्तरोन्नति गर्ने निर्णय गरियो । अस्पाल निर्माणका लागि दाताको संयुक्त कोषतर्फको स्रोतमा रु दुई अर्ब ३२ करोड ५० लाख रकम निकासा गरियो । पहिलो चरणको स्वास्थ्यचौकी स्तरोन्नति गर्ने कार्यमा पिपलाडी स्वास्थ्यचौकी छुटेपछि निवर्तमान संविधानसभा सदस्य कृपाराम रानाको पहलमा मन्त्रालयमा गएको टोलीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई भेटेर स्वास्थ्यचौकी स्तरोन्नति गर्नबाट छुटेको कुरा जानकारी गराइएपश्चात मन्त्रालयले विशेष निर्णय गरी देशका १० स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्ने निर्णयानुसार यो स्वास्थ्यचौकी समेत परेको छ ।

विशेष निर्णयमार्फत स्तरोन्नति गरी अस्पताल बनाइन लागेका स्वास्थ्यचौकीका लागि मन्त्रालयले रु सात करोड ५० लाख रकम रकमान्तर गरेको छ । पन्ध्र श्ययाका लागि रु ८५ लाख, १० श्ययाका लागि रु ७५ लाख र पाँच श्ययाका लागि रु ६० लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निवर्तमान संविधानसभा सदस्य कृपाराम रानाले पहिलो चरणको स्वास्थ्यचौकी स्तरोन्नति गर्ने कार्यमा छुटे पनि विशेष निर्णयमा स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्ने कार्यमा समेटिएकाले कार्यान्वयनमा जानुपर्ने बताए । “भौतिक पूर्वाधार विकासका लागि मन्त्रालयले सघाउँछ”, उनले भने, “सुर, ताल र लय मिलेका बेला विकासका काम अगाडि बढाउनमा कन्जुस्याइँ गर्नु हुँदैन । तत्काल निर्माणको चरणमा जानु पर्दछ । यसका लागि अझै सहयोग जुटाउन तत्पर रहेको छु ।”

पिपलाडी स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारी विष्णुदत्त जोशीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले दुर्गमको स्वास्थ्यचौकीमै पुगेर २५ श्ययाको अस्पताल बनाउने घोषणा गरेको बताए । आफैँले घोषणा गरेर अस्पताल बनाउने कामलाई १० श्ययामा झारे पनि आगामी वर्षमा यसलाई १५ श्ययामा स्तरोन्नति गरी २५ श्ययाको पुर्याउनुपर्ने उनले बताए ।

“अस्पताल बनाउने निर्णय भएर आयो यसमा स्वागत छ”, उनले भने, “मन्त्रीले आफैँले घोषणा गरेको २५ श्ययाको अस्पताल बनाउने काम घटेर आएकामा दुःख छ ।” वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर विष्टले चालु आवमा अस्पतालका भौतिक संरचना निर्माणका लागि रु दुई करोड बराबरको ठेक्का सम्झौतामा जाने बताए ।

अर्का वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले सबै क्षेत्रको पायक पर्ने ठाउँमा अस्पताल निर्माण हुन लागेकामा नगरपालिकाका १२ वटै वडाका बासिन्दाले सहजरूपमा उपचार पाउने बताए । अस्पताल निर्माणका लागि नगरपालिकाले एक बिघा जग्गाको व्यवस्थासमेत गरेको छ । पहिलो चरणमा कञ्चनपुरका कृष्णपुर नगरपालिकाको कृष्णपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल निर्माण गर्ने, सोही नगरपालिकाको विचवा स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो ।

यसैगरी महाकाली नगरपालिकाको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल निर्माण गर्ने, पुर्नवास नगरपालिकाको त्रिभुवन स्वास्थ्यचौकी र बेदकोटको दैजी स्वास्थ्यचौकीलाई १५ श्यया र लालझाडी गाउँपालिकाको शङ्करपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १० श्ययाको अस्पताल बनाउने निर्णय गरिएको थियो ।

मन्त्रालयबाट स्वीकृत आधारभूत अस्पताल भवनसम्बन्धी निर्देशिका २०७७ स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ र भवनको लागत अनुमान तयार गरी सम्बन्धित स्तरोन्नति गरिएका स्वास्थ्यचौकीमा पठाइएको छ । प्रचलित कानून, स्वीकृत मापदण्ड निर्देशिका र राष्ट्रिय भवन संहिता बमोजिम अस्पताल निर्माण गरिनेछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies