Khabar Dabali Logo
  November 26, Thu

प्रधानमन्त्रीद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेको हो ।

म्यान्मामा हालै भएको आमनिर्वाचनमा नेशनल लिग फर डेमोक्रेसी भारी बहुमतका विजयी भएकामा बधाई ज्ञापन गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले निर्वाचन परिणामले नेत्री सुचीको सक्षम नेतृत्व र जनतामाझ उनीप्रतिको लोकप्रियतालाई प्रमाणित गरेको बताएका छन्।

दुई वर्षअघि नेत्री सुचीले सफलतापूर्वक गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले नेपाल र म्यान्माबीच विद्यमान निकटतम सांस्कृतिक सम्बन्ध एवं मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, बहराइनका अधिराजकुमार त्यहाँको प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले पठाएको शुभकामना सन्देशमा सन् १९७७ मा नेपाल र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बध उत्कृष्ट रहेको बताएका छन् । साथै उनले आगामी दिनमा विद्यमान द्विदेशीय सम्बन्ध अझ उन्नत एवं विस्तार हुने आशा व्यक्त गरेका छन् ।

मंसिर ४ गते, २०७७ - १४:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध...   

यसबर्षको हिउँदको मौसमबारे विश्लेषण : तापक्रम औसतभन्दा बढी नै रहने अनुमान

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै...   

आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माणको काम सकिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका...   

थप १६ सय १४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

हेटौंडा । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग...   

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

काठमाडौँ । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार...   

महासङ्घको वार्षिक साधारणसभा शुरुः अभिभावकको क्षमताअनुसार नै माग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा...   

हिजो झै आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव नै : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता...   

आबुखैरेनीमा बस दुर्घटना हुँदा कम्तिमा १७ जना घाइते

तनहुँ । बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस तनहुँको आबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बिहीबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top