Khabar Dabali Logo
  December 2, Wed

हिमपातले लेकमा अलपत्र २ जना ४ दिनपछि सम्पर्कमा

खलङ्गा तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह हुन् ।

मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताए । गत कात्तिक २९ गते जाजरकोटबाट हिँडेका सिंह र शाही ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेको जनाइएको छ ।

कात्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि चार फिट हिउँमा दुई दिन लगाएर मङ्सिर १ गते राति आफूहरु दुई जना जाजरकोट फर्केको सिंहले बताए । उनीहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरे पनि मङ्गलबार सम्पर्कमा आइसकेका प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिए ।

अलपत्र परेको क्षेत्र चार हजार दुई सय मिटर उचाइ भएको जनाइएको छ । चार दिन उनीहरुले घरबाट ल्याइएको रोटी र अन्य खानेकुरा खाई ओढारमा बसेका थिए । भारी हिउँ अहिले पनि परिरहेको बताइएको छ । सम्पर्कमा आएका सिंहले भने, “कसरी बाँचेर आइयो, अहिले पनि डर लागिरहेको छ । ”

मंसिर ४ गते, २०७७ - १४:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना गम्भीर घाइते

फिदिम । मेची राजमार्गअन्र्तगत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी...   

च्याम्पियन्स लिगः बार्सिलोनाले मेस्सी सँगै तीन स्टार खेलाडीलाई नखेलाउने

बार्सिलोना । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा...   

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती...   

प्रतिष्ठानका लागि मणिपालको जग्गा अधिग्रहण गर्छौँः मुख्यमन्त्री राउत

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलियास्थित...   

मादीमा पक्की मोटरेबल पुल निर्माण

कास्की । कास्कीको मादी गाउँपालिका–७ र ३ जोड्ने गरी मादी नदीमा ‘ज्याउदु मोटरेबल’ निर्माण गरिएको छ ।...   

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : मन्त्री ढकाल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार...   
राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

लहान । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने...   

कपडा पसलमा आगलागी हुँदा करीब २ करोड मुल्य बराबरको क्षति

लहान । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको...   

सिमकोटका दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग...   

आइसियूमा चाहिने दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव

बागलुङ । धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top