Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रघुगङ्गाका तीन वडा जोड्ने सडक आयोजना शुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ ।

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमङ्गमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए।

“अजिङ्गर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले रु एक करोड ५० लाख र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ”, अध्यक्ष भण्डारीले भने, “पहिलो चरणमा जलविद्युत् आयोजनामार्फत ‘ट्र्याक’ खोल्ने काम भइरहेको छ ।” जलविद्युत् आयोजनासँग ट्र्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको छ ।

मौवाफाँट–दग्नाम–दर्मीजा हुँदै चिमखोला जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको गौरवको आयोजना हो । मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका सब इञ्जिनीयर कमल चोखालले बताए । गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले फरक फरक ठाउँमा काम गर्ने उनले बताए ।

चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ । दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरेर ट्र्याक खन्ने काम पनि भइरहेको दर्मीजाका अगुवा सुबिन शेरपुञ्जाले बताए।

“अजिङ्गर भिरमा करिब एक किलोमटिर ट्र्याक खुलेपछि रघुगङ्गा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमङ्गले सिधा सडक सञ्जालमा जोडिनेछन्”, उनले भने, “भिरमा करिब १५० मिटर ट्र्याक खोलिसकिएको छ ।” गत आर्थिक वर्ष प्रदेश सरकार र सङ्घीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक विनियोजन गरेका थिए ।

विसं २०६७ मा स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रु ६० लाख लागतमा निर्माण भएको भगवती, बेग– चिमखोला हुँदै घ्यासीखर्क जोड्ने ५६ किलोमिटर दूरीको सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दूरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण हुन लागेको हो ।

हाल गाउँमा सडक पुगे पनि स्थानीयवासीले यातायात सुविधा भने पाएका छैनन् । जिल्ला सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन दग्नाम–दर्मीजाको पैदलमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुइनेमङ्गलेको खरिबोटका खिमबहादुर छन्त्यालले बताए ।

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर पाँच÷छ घण्टामै बेनी आउन सकिन्छ । दर्मीजा, चिमखोला र कुइनेमङ्गलेका करिब एक हजार घरधुरी भिरपहरा, जङ्गल र खोल्साखोल्सीमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ । बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पैदलयात्रा गर्नुपर्छ ।

खच्चर, भरिया र ट्र्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको छ । निर्माणाधीन सडक पुरानोभन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि हुनेछ । अजिङ्गर भिरमा सडक बनेपछि सो क्षेत्रको जनजीवन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीमा निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनाले गति लिने रघुगङ्गा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies