Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् ।

झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

“आर्थिक विकासको प्रमुख आधार नै पर्यटन क्षेत्र हो”, उनले भने, “झापा र प्रदेश नं १ पर्यटनको सम्भावनायुक्त क्षेत्र भएकाले यस क्षेत्रमा सर्वोत्कृष्ट जनशक्ति उत्पादन गर्न यहाँ नाथमको शाखा विस्तार गरेका हौैँ ।” मन्त्री भट्टराईले भारतसँग पूर्वी सिमाना जोडिएका मेचीनगर र विर्तामोड नगरपालिकामा तीन वटा फाइभस्टार होटलसँगै अन्य ठूला होटलसमेत स्थापना भइरहेकाले यहाँ चाहिने दश जनशक्ति उत्पादन गर्न नाथमको तेस्रो शाखा झापामा स्थापना गरेको बताए ।

यसअघि नेपालगञ्ज र महोत्तरीमा शाखा विस्तार भइसकेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले अब आङ्गनमै बसेर प्रदेश नं १ का जनताले होटल मेनेजमेन्ट पढेर पर्यटन क्षेत्रमा योगदानपुर्याउने विश्वास व्यक्त गरे । उनले सरकारले चाँडै नै विदेशी पर्यटकले नेपाल घुम्न आउँदा अनिवार्य गाइड राख्नुपर्ने नियम बनाउने तयारी गरिरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा ठूलो जनशक्तिको आवश्यक पर्ने बताए ।

विर्तामोडस्थित अनारमुनि पब्लिक क्याम्पसमा स्थापना गरिएको शाखामा स्नातकसम्मको पठाइ हुने नाथमका कार्यकारी निर्देशक दीपककुमार थापाले बताए । उनले अध्यापन र तालीमबाट नाथमले नेपालमा ५४ हजार दश जनशक्तिको उत्पादन गरिएकोमध्ये ९० प्रतिशतले रोजगारीसमेत पाइसकेको जानकारी दिए ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले चाँडै नै विर्तामोडको चारपानेस्थित वीर अमरसिंह माविको डेढ बिघा जग्गा लिएर नाथमको भवन बनाउने तयारी भइरहेको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies