Khabar Dabali Logo
  November 30, Mon

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ छन् । उनीहरु दुबै जनाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

शुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकापसमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए । सोही समयमा पश्चिमबाट आइरहेको ना ६ ख ३३५० नं को ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताए । ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

मंसिर ३ गते, २०७७ - १५:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता...   

गैँडा मर्ने क्रम बढेसँगै मृत्युबारे समितिले छलफल थाल्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक...   

सीमा क्षेत्रको फालोटमा पर्यटकको चाप

पाँचथर । सडक पुगेपछि फालोटको आकर्षक सीमा क्षेत्रमा पर्यटकको चाप बढे पनि नेपालले भने कुनै लाभ लिनसकेको...   

१ गतेदेखि सुनको मुल्यमा लगातार गिरावट, आज पनि घट्यो सुनको मुल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु...   

२०२२ मा नेपालमा पर्यटक निकै बढ्ने : मन्त्री भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको...   

१० लाखसम्मका योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले रु १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था...   

मार्कुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु १७ जना घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका...   

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार...   

बागलुङका ६० साझेदारी योजनामध्ये ३४ सडकका योजना

बागलुङ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका...   

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top