Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

छठ शुरुसँगै खुशीयाली

धनुषा । छठपर्व शुरु भएसँगै डोम समुदायमा खुशियाली छाएको छ । बाँस र बेतका चोया बनाउने व्यस्ततासँगै उनीहरुमा खुशियाली देखिएको हो ।

यो समुदायले बेत बाँसबाट बनाउने विभिन्न भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएकाले उनीहरुमा खुशी छाएको हो । अहिले बजारमा आपूर्ति गर्न भ्याइनभ्याई भएको मिथिला नगरपालिका–१ नक्टाझिजका सञ्जय मरिकले बताउनुभयो । गाँसबाँस र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेकोमा यो पर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य मिल्ने गरेको सञ्जयले बताए ।

छठ पर्व मनाउने प्रत्येकले छठ माता तथा सूर्यदेवतालाई बाँस र बेतबाट नै निर्माण गरिएको डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिने चलन छ । प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले सो समुदायको आम्दानी राम्रो हुने गरेको छ । अहिले सो समुदाय जनकपुरलगायत विभिन्न ठाउँमा डालो, नाङ्लो र टालु टपरीलगायत सामान बिक्री वितरणमा व्यस्त देखिएका छन् ।

महोत्तरीको औरही नगरपालिका–१ का ४५ वर्षीय बिन्दी मरिक डोमले छठ पर्व आजदेखि नै विधिवत् शुरुआत हुने भएको हुँदा बाँसको चोयाबाट बनाएका सामग्री गाउँ गाउँसम्म पुर्याउन भ्याइनभ्याई भएको बताए । छठ मनाउने वृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती सामग्री सबैलाई पुर्याउन पहिलेभन्दा बढी खटिनु परेको मरिकले बताए । उनले भने, “व्यापार राम्रो भइरहेकोले यसपाली राम्रो आम्दानी हुने आशा छु ।”

अरु बेला सो समुदायले सुङ्गुर, बङ्गुरपालन गरेर जीविकोपार्जन गर्ने र बेला बेलामा बाँसको सामग्री बनाएर बेच्ने गर्छन् । यो समुदायले पुस्तौदेखि यहीँ पेशाबाट परिवारको गुजरा गर्दै आएको छ । एउटा बाँसको अहिले बजारमा २२५ देखि ३०० सम्म पर्छ । बिन्दीले तयार पारेका बासको सामग्रीको मूल्य रु ३०० देखि एक हजार ५०० सम्म पर्ने गरेकोे छ । बनाएका बाँसका सामग्री बेच्न सो समुदायले विभिन्न बजार र छुट्टाछुट्टै गाउँ छुट्टयाइएको छ ।

मुख्य चाडको रुपमा रहेको छठ पर्व नै यस्तो पर्व हो जसमा समुदायमाका विभिन्न वर्गले उत्पादन, निर्माण र तयार पारेका सामग्रीको प्रयोग गरिन्छ । अरु बेला दलित, पानी नचल्ने जात भनेर हेलामा पारिने सो समुदायको घरमै गएर पनि छठ पर्व मनाउनेले बाँसको भाँडाकुडा बनाउन अग्रिम भुक्तानी दिन्छन् । तराई क्षेत्रमा यो पर्व हिन्दुले मात्र होइन, गैरहिन्दुलेसमेत मनाउने गरेका छन् । त्यसैले यो सबै भाषाभाषी, जातजातिको साझा पर्वको रुपमा विकसित भइरहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies