Khabar Dabali Logo
  December 2, Wed

पार्टी बैठक टार्ने ओली रणनीति –समय जुधाएर मन्त्रिपरिषद बैठक बोलाइयो

काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठककै सम पारेर मन्त्रिपरिषदको बैठक आव्हान गरेका छन् ।

यसअघि आज दिउँसो १ बजेका लागी बोलाईएको नेकपाको सचिवालय बैठककै समयमा मन्त्रिपरिषदको बैठक राखेका हुन् ।

भारतिय गुप्तचर संस्था र का प्रमुख गोयलसँगको गोप्य भेटपछि विकास भएको पार्टी अन्तरविरोधमा ओली अप्ठ्यारोमा परेका छन् । ९ मध्य ५ जना बहुमत सदस्यहरुले सचिवालय, स्थायी समिति र केन्द्रिय समितिको बैठक माग मात्रै गरेका छैनन् कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव समेत प्रस्तुत गरेका छन् ।

उक्त प्रस्तावमा सरकार र पार्टीको समिक्षा गर्दै ओलीको प्रवृतिगतरुपमा आलोचना समेत गरेका छन् । उक्त प्रस्तव सचिवालयका माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायतको सल्लाहामै त तय भएको बताइएको छ ।

ओलीको कार्यशैलीलाई लिएर पार्टीको बहुमत हिस्सा असन्तुष्ट रहेपछि ओलीले पार्टीका बैठकहरु टार्दै आईरहेका छन् ।

आज निर्धारित बैठक सार्ने ओलीको प्रस्तावलाई प्रचण्डले अस्विकार गरेपछि बैठक छल्नका लागी मन्त्रिपरिषदको बैठक बोलाइएको अड्कल काटिएको छ ।

यसअघि हिजोमात्रै प्रचण्ड र राष्ट्रपति विद्यादेवि भण्डारीको भेटवार्ता लगत्तै ओली भण्डारीको समेत भेटवार्ता भएको थियो । चिनियाँ राजदुत यन्छीले समेत गएराति अबेर ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

मंसिर ३ गते, २०७७ - ०९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top