Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

के हुन्छ नेकपाभित्रको अन्तरविरोधकाे निकास, कसको कोर्टमा छ ‘बल’ !

नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनले ठूलो ‘हलचल’ मच्च्याएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीमाथि संगीन आरोप लगाइएका छन् ।

यसअघि स्थायी समितिको बैठकले पार्टी विवाद हल गर्न सहमति खोजेको भएपनि त्यसको कार्यान्वयन गर्न नखोजेको मुख्य आरोप प्रचण्डको छ ।

प्रचण्डले अध्यक्ष ओली अग्रगमनतर्फ अघि बढन नखोजेको, सरकारले पार्टी चलाउने अवस्था सिर्जना भएका लगायतका आरोप समेत लगाएका छन् ।

प्रचण्डको प्रस्ताव दर्ता भएपछि ओली पक्षले त्यसको चर्को प्रतिवाद गरेका छन् । ओली पक्षले प्रस्ताव फिर्ता लिनुपर्ने शर्तमा मात्रै पार्टी बैठक बस्ने कुरा अगाडि सारेको छ ।

तर कुरा यतिमा मात्रै सीमित छैन् ।

ओली पक्षका नेताहरुले प्रचण्डको प्रस्तावको आलोचना गरेपछि नेकपा सचिवालयका प्रचण्डबाहेकका अन्य चार जना सदस्य माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र वामदेव गौतमले उक्त प्रस्ताव प्रचण्डको मात्र नभएर आफूहरुको पनि भएको बताएपछि स्थिति थप जटिलतातर्फ मोडिएको हो ।

र, यो जटिलतामा अध्यक्ष ओलीले आफूसँग रहेका विकल्पहरुबारे सघन छलफल शुरु गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रस्ताव दर्ता भएकै दिन बैठक सकिएपछि पूर्व एमाले समूहका वामदेव गौतम, माधव नेपाल र पूर्व माओवादी समूहका तर अहिले कुनै समूहमा नखुलेका राम बहादुर थापा बादलसँग छोटो कुराकानी गरे ।

भोलीपल्ट नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीबीच भेट भयो भने राष्ट्रपतिले केही अन्य नेताहरुलाई समेत शितल निवासमा भेटिन ।

प्रचण्ड एक्ल्याउने ओलीको प्रयास
अहिले प्रधानमन्त्रीका अगाडि रहेको पहिलो विकल्प भनेको प्रचण्डलाई एक्ल्याउनु हो । यसका लागि उनले लामो समयदेखि पूर्व एमाले समूहलाई एक ठाउँमा ल्याउन कसरत गर्दै आएका छन् । यो एक ल्याउन उनले वामदेव गौतम र माधव नेपालसँग आधा दर्जनचोटी छलफल समेत गरिसकेका छन् । प्रचण्डले प्रस्ताव ल्याउन अघि मात्रै पनि उनले दुबै नेतासँग आफ्नै निवासमा दुईपटक भेटे ।

तर ओलीले पूर्व एमाले समूहका नेताहरुलाई ‘कन्भिन्स’ गर्न भने सकेनन् । अर्कोतर्फ उनी निकटका नेताहरुले फाउण्डेसन र अनौपचारिकरुपमा पूर्व एमालेका नेताहरुबीच सघन छलफल चलाए । तर सचिवालयमा पूर्व माओवादी र पूर्व एमाले समूहको साझा प्रस्तावका रुपमा प्रचण्डको प्रतिवेदनलाई भने ओली पक्षले रोक्न सकेन ।

सचिवालयको बैठकमा प्रस्ताव दर्ता भएपछि उनले फेरी पूर्व एमाले समूहलाई मिलाउन सकिन्छ कि भन्ने प्रयासस्वरुप आइतबार माधव नेपाल र वामदेव गौतमसँग छलफल गरे ।

दुबै नेतासँग बेग्लाबेग्लै छलफल गरेपनि नेपाल र गौतमले भने ओलीलाई साथ दिने कुरा सम्भव नभएको बताएको सार्वजनिक भएका समाचारहरुमा उल्लेख छ ।

अन्य अप्रिय कदम चाल्नु अघि ओलीको कोशिस पूर्व एमाले र पूर्व माओवादी समूहको मनोविज्ञानलाई धु्रव्रीकृत गर्ने नै रहेको देखिन्छ । यसो गर्न सकेमा प्रचण्डलाई एक्लो पार्न सकिने र उस्तै परे एकतापूर्वकै अवस्थामा पार्टी पुर्याउने देखिन्छ । तर उनको यो बुझाईमा नेपाल, गौतमलगायतका नेतामात्रै होइन, स्थायी समितिमा रहेका पूर्व एमालेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत कैयनको असहमति रहेको देखिन्छ ।

ओलीको झिनो आशा

यतिखेर पूर्व माओवादी र पूर्व एमालेको मनोविज्ञान अन्तरघुलित बनेको छ । आम नेता कार्यकर्तामा नेकपाकाे मनाेविज्ञान विकास भएकाे छ । यसको घाटा भने ओलीलाई भएको छ । अब ओलीका अगाडि यो मनोविज्ञानका आधारमा कुनै रणनीति चाल्ने सम्भावना देखिन्न । तर यसको निर्णायक परिणाम भने भने माधव नेपालको अबको कदममा निर्भर हुनेछ ।

सचिवालयको बैठक अघि प्रचण्डले युवा नेताहरुसँगको भेटमा अब पार्टी विभाजन नै भइहाले पनि पूर्व माओवादी र पूर्व एमाले नहुने स्पष्ट पारेका थिए । प्रचण्डको यो भनाईले पार्टीभित्र ओली इतरको समीकरण निर्माणमा ठूलो महत्व राख्दछ ।

यो अवस्थामा आइसकेपछि माधव नेपाल या वामदेव गौतमले फेरी यू टर्न गरेर ओली क्याम्पमा जाने सम्भावना देखिँदैन । तर पनि ओलीले बैठकपछि मात्रै दुईपटक नेपालसँग भेट गर्नुले ओलीमा अझै त्यो आस मरिसकेको छैन भन्ने देखाउँछ ।

बल नेपालको कोर्टमा

पूर्व पार्टी समूहको दुहाई दिँदै ओलीले प्रचण्डले हानेको बल झिनो आशासहित माधव नेपालतर्फ फर्काएका छन् । तर माधवले त्यो बल ओलीतिरै हान्लान् या प्रचण्डतर्फ ? यो प्रश्नमा नेकपाको भविष्य निहित रहेको छ । तर के माधव नेपालले ओलीको आशा पुर्याउलान् ? उनले पूर्व पार्टी मनोविज्ञानलाई प्रधानता देलान् या पार्टीलाई अग्रगमनतर्फ अघि बढाउन र उनले एकता पूर्वदेखि नै भन्दै आएको विधि र पद्दती स्थापित गर्ने पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउलान् । ओलीले जति कोशीस गरेपनि माधव नेपालले प्रचण्डलाई दरो साथ दिने कुरा पछिल्ला घटनाक्रमले झनै स्पष्ट पारेका छन् ।

यदि माधव नेपाललगायत पूर्व एमालेका नेताहरुलाई ओलीले आफ्नो पक्षमा सहमत पार्न सकेनन् भने उनका अगाडि पार्टी बहुमतको निर्णय मान्ने या पार्टी परित्याग गर्नेबाहेक अन्य विकल्प रहने छैनन् । माधव नेपालहरुले पूर्व पार्टी मनोविज्ञानबाट माथि उठेर नयाँ ढंगको एकीकृत पार्टी बनाउने दृढता देखाएको खण्डमा यसले नेकपालाई विभाजनको ‘कित्ताकाट’को स्वरुपबाट जोगाउने छ । यसो भएको खण्डमा ओलीलगायत केही उनी निकट नेताहरुले पार्टी निर्णय मान्नै पर्ने या अलग हुने अवस्थामा पनि सानो समूह मात्रै लिएर जाने सम्भावना हुने छ । किनभने अधिकांश नेता तथा कार्यकर्ता एकताको पक्षमा छन् र खासगरी तल्ला निकायमा पूर्व समूहको मनोविज्ञान क्रमशः क्षय हुँदै गइरहेको छ ।

निर्णायक बनेका माधव नेपालले के गर्लान् ? यो प्रश्न अहिले अहम् बनेको छ । यद्यपी उनले प्रचण्डको प्रस्तावमा आफ्नो सहमति रहेको स्पष्ट गरिसकेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies