Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरामा ट्राफिक बत्ती राखिने

कास्की । बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्र महेन्द्रपुलमा ट्राफिक बत्ती ९लाइट० राख्ने भएको छ । बत्ती राख्नका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले आगामी दुई महिनाभित्रमा लाइट सञ्चालनमा आउने महानगर प्रमुख मानबहादुर जिसीले बताए । हालका लागि महेन्द्रपुलबाट बत्ती राख्ने काम शुरु हुने र आगामी दिनमा शहरका मुख्य–मुख्य चोकमा राख्ने योजना रहेको महानगरले जनाएको छ ।

“पोखरालाई स्मार्ट सिटी बनाउने योजनाअनुसार नै महेन्द्रपुलबाट ट्राफिक लाइट राख्ने प्रक्रिया अघि बढाएका छौँ । यहाँ प्रभावकारी भएमा अन्य चोकहरुमा पनि विस्तार गर्छौँ”, प्रमुख जिसीले भन्नुभयो । ट्राफिक बत्ती राख्नका लागि बिफ्रेण्ड कन्स्ट्रक्शनसँग रु १९ लागतमा सम्झौता गरिएको बताइन्छ । पोखराको महेन्द्रपुलसहित पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, शहीदचोक, जिरोकमी, हल्लनचोक र बुद्धचोकमा बढी जाम हुने गर्दछ ।

पोखरामा यसअघि विसं २०५६ मा तत्कालीन पोखरा उपमहानगरपालिकाले पोखरा कर्मसियल अटो पार्किङसँगको समन्वयमा ट्राफिक लाइट राखे पनि नियमित मर्मतको अभावमाा चार÷पाँच वर्षपछि नै बिग्रिएका थिए । महानगरले पुनः डेढ दशकपछि ट्राफिक बत्ती राख्ने प्रक्रिया अघि बढाएको हो । ट्राफिक लाइट नहुँदा ट्राफिक आइल्याण्डमा बसेका प्रहरीले हातको इशारामा सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

जसका लागि एउटै चोकमा दुईभन्दा बढी ट्राफिक प्रहरी परिचालित हुनुपर्ने बाध्यता रहेकामा बत्ती जडानपछि जनशक्ति कम लाग्ने तथा प्रहरीको काममा सहज हुने बताइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको मुख्य बजार क्षेत्रमा मात्र दैनिक ६० को हाराहारीमा ट्राफिक प्रहरी यातायात व्यवस्थापनमा खटिने गरेको जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले ट्राफिक बत्ती जडानबाट शहरको सुन्दरतासँगै प्रहरीको काममा सहज हुने विश्वास व्यक्त गरे। उनका अनुसार शुरुआतमा बत्तीको नियम पालना गराउनका लागि प्रहरी चोकहरुमा प्रहरी परिचालन गर्नुपर्ने भए पनि पछि कम जनशक्ति भए पुग्छ । कास्कीमा दैनिक ९० देखि १०० को हाराहारीमा ट्राफिक प्रहरी राजमार्ग तथा बजार क्षेत्रमा परिचालित हुँदै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies