Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कोरोनाका कारण पर्वतका सञ्चारमाध्यम धराशायी

पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पर्वत जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरु धरासायी बन्दै गएका छन् । नेपालको चौथो सानो जिल्लाका रूपमा रहेको पर्वतमा सञ्चालित विद्युतीय, छापा र अनलाइन सञ्चारमाध्यमको अवस्था दयनीय बन्दै गएको हो । पर्याप्त उद्योग कलकारखालाको अभाव र बन्दाबन्दीका कारण बजारसमेत बन्द भएकाले दैनिक आउने व्यावासायिक विज्ञापन बन्द हुनु र अन्य आम्दानीका स्रोतसमेत नभएपछि सञ्चारमाध्यम र त्यहाँ आबद्ध सञ्चारकर्मी दिनप्रतिदिन समस्यामा पर्दै गएका छन् ।

प्रेस काउन्सिल नेपालले कुश्मा बजारमा आयोजना गरेको ‘कोभिडले मिडियामा पारेको प्रभाव’बारे अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सञ्चारमाध्यम सञ्चालक तथा पत्रकारहरुले स्थानीय मिडियामा काम गरेर बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल परेको जनाएका छन् । पर्वतमा सात एफएम रेडियो स्टेशन, एक दैनिक पत्रिका, आठ साप्ताहिक पत्रिका, तीन त्रैमासिक पत्रिका नियमितरूपमा सञ्चालन हुँदै आएका छन् । त्यसैगरी झण्डै डेढ दर्जनको हाराहारीमा अनलाइन पत्रिका रहेका छन् ।

साँघुरो विज्ञापनको बजार र बढ्दो सञ्चारमाध्यमको चुनौतीका बीच भित्रिएको कोभिड–१९ को महामारीले गर्दा भएको आर्थिक अभावका कारण सञ्चारमाध्यम बन्द गर्नुको विकल्प नरहेको स्थानीय पञ्चासे एफएमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “रेडियोहरुमा कार्यरत झण्डै दर्जनको सङ्ख्याका सञ्चारकर्मीलाई नियमित पारिश्रमिक, घरभाडा र विद्युत् महसुल तिर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ ।” महामारीको बेला राज्यबाट समेत कुनै सहयोग नपाउँदा झनै पीडा हुने गरेको उनले बताए।

चैत ११ गतेपछि भएको बन्दाबन्दीका कारण रेडियोमा बजिरहेका अधिकांश स्थानीय विज्ञापनको व्यवसायीहरुले भुक्तानी दिन सकेका छैनन्, यस्तो अवस्थामा रेडियो प्रसारणलाई निरन्तरता दिन नसकिने रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलको दुखेसो छ । उहाँले भन्नुभयो, “कि त बन्द गर्नुपर्यो, कि राज्यले तत्कालका लागि अनुदानको व्यवस्था गर्नुपर्यो ।” सरकारी निकाय र स्थानीय सरकारसमेत सञ्चारमाध्यमप्रति अनुदार बन्दा निरन्तरता दिन समस्या परेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले भोको पेटले समाज र नागरिकको सेवामा हिँडिरहनुपरेको भन्दै कोभिडले मुलुकमा सबैभन्दा ठूलो समस्या मोफसलका सञ्चारमाध्यममा परेको बताए । उनले यसका लागि तीनवटै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उनको जोड छ । प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले कोभिड–१९ ले मुलुकभरका सञ्चारमाध्यम समस्यामा परेको बताए । बन्दाबन्दीका कारण विज्ञापन रोकिँदा सञ्चार संस्थाहरु ठूलो आर्थिक मन्दिमा परेको उल्लेख गर्दै उहाँले यसका लागि काउन्सिलले आवश्यक पहल गर्ने बताए। उनले सञ्चारमाध्यम पनि जिम्मेवार बनेर महामारीलाई न्यूनीकरण गर्न राज्यको साझेदारका रूपमा काम गर्नुपर्छ भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले भोगेको समस्याबारे माथिल्लो तहमा छलफल गर्ने बताए।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कोरोना भाइरसका कारण मुलुक चौतर्फी समस्यामा परेको बताउँदै स्थानीय सरकारले स्रोतले भ्याएसम्म सञ्चारमाध्यमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले राज्यले सञ्चारमाध्यमलाई वास्तविक चौथो अङ्ग मान्ने हो भने समस्या नहुने बताउँदै स्थानीय सरकारलाई सञ्चारमाध्यमप्रति उत्तरदायी बन्न आग्रहसमेत गरे । उनले सूचना विभाग र प्रेस काउन्सिलले काठमाडौँ र बाहिरका मिडियालाई एउटै नजरले हेर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासन सहायक महेन्द्र सिंहले प्रेस काउन्सिलको आचारसंहिता र यसको कार्यान्वयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies