Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मोटरसाइकल चोरीका घटना बढ्दो, हराएको अनुपातमा भेट्टाउने कम

चितवन । चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ । जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल नहुँदासमेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ बताउछन् ।

पछिल्लो समय चितवन प्रहरीले कात्तिक २३ गते चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको थियो । जिल्लाको मुख्य बजार क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्नलाई प्रहरीले ग्राहक बनेर पक्राउ गर्न सफल भएको गुरुङले बताउनुभयो । उनीहरुले मोटरसाइकल चोरी गरेपछि तुरुन्तै टाढा नलैजाने भन्दै गुरुङले चोरीको मोटरसाइकल कतै झाडीमा फालेर जाने र दुई÷तीन घण्टापछि अर्को व्यक्ति आएर लिएर जाने गरेको अनुसन्धानबाट खुलेको बताए।

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जिल्लामा १५४ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए । चोरी भएकामध्ये ३५ मोटरसाइकल फेला परेको भन्दै थापाले २३ मोटरसाइकल मात्रै धनीलाई फिर्ता गर्न सफल भएको जानकारी दिए । गत वर्ष २०७६/७७ मा दुईवटा मोटरसाइकल तथा यस वर्ष एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको भन्दै थापाले यस वर्ष बेवारिसे अवस्थामा फेला पारिएको मोटरसाइकल धनीलाई फिर्ता गरिएको बताए।

चितवनमा आर्थिक वर्ष २०७५र७६ मा ४१ वटा मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका थिए । तीमध्ये सात मोटरसाइलक फेला पारेर सवारी धनीलाई फिर्ता गरिएको प्रवक्ता थापाले जानकारी दिए। मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले यस वर्ष विभिन्न छ जनालाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा ७५ वटा मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा परेकामा १० मोटरसाइलक मात्रै फेला परेका छन् । फेला परेको मोटरसाइकलमध्ये नौ मोटरसाइकल मात्रै सवारी साधनका धनीलाई फिर्ता गर्न सकिएको थापाले बताए। यस वर्ष चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न १३ व्यक्ति पक्राउ गर्न सफल भएको थियो ।

चालु आर्थिक वर्ष २०७७र७८ को करिब चार महिनाको अवधिमा जिल्लामा ३७ वटा मोटरसाइकल हराइसकेका छन् । हराएका मोटरसाइकलमध्ये आधा पनि भेटिएका छैनन् । जिल्लामा हराएकामध्ये १५ मोटरसाइकल भेट्टाएर छ वटा सवारी साधनका धनीलाई फिर्ता गरिएको प्रहरीको भनाइ छ । करिब चार महिनाको अवधिमा प्रहरीले १२ जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीका घटना बढे पनि भेटिने अनुपात साह्रै न्यून भएकाले प्रहरीले लामो समयसम्म मोटरसाइकल पार्किङ गरेर राख्नुपर्ने अवस्थामा चेन तथा अन्य तरिकाबाट लक गर्न सुझाव दिएको छ । चाबीको भरमा मोटरसाइकल छोडिँदा चोरीको दर बढ्दै गएको प्रहरी उपरीक्षक गुरुङले बताए । मोटरसाइकल चोर्ने र ती मोटरसाइकलको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै गुरुङले सामान्य अवस्थामा नक्कली र सक्कली कागजपत्र छुट्याउन नसकिने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies