Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अब कोटेश्बर–जडीबुटी सडक सात लेन

काठमाडौं । काठमाडौं उपत्यकामा बढी ट्राफिक जाम हुने कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार गरी अब सात लेनको हुने भएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यसहित सात लेन बनाउन लागिएको कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउने काम धमाधम भइरहेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले आगामी महिना सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

सडक विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पर्खाल सारिएको छ । अब केही समयभित्रै निर्माणस्थल खाली गरेर आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले जनाएका छन् ।

विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो ।

कोटेश्वर–जडीबुटी सडकखण्ड हाल चार लेन रहेको छ । अब तीन लेन थप्न संरचना हटाउने काम भइरहेको हो । सडकमा तीन लेन थपिएपछि उक्त सडकखण्डमा सवारी चाप कम हुने अपेक्षा गरिएको छ । कोटेश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली गर्ने काम भइरहेको हो ।

डिभिजन सडक कार्यालय काठमाडौंले निर्माण सुरु भएको ६ महिनामा सम्पन्न हुने जनाएको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ भने कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय काठमाडौं महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने जनाएको छ ।

सो खण्डमा उत्तर र दक्षिण दुवैतर्फको सडक विस्तार गर्न लागिएको भए पनि पहिले दक्षिणतर्फबाट गर्न लागिएको डिभिजनले जनाएको छ । उत्तरतर्फ पर्ने एउटा घरको मुआब्जाको विषय टुंगिन बाँकी रहेको प्रमुख नेपालीले जानकारी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यसअघि भदौमा नै कोटेश्वर चोकमा विस्तार सुरु भएको सडकको अनुगमन तथा निरीक्षण गरेका थिए । त्यस क्रममा उनले संघीय राजधानी काठमाडांै प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्याकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले यथासक्य छिटो निर्माण कार्य सम्पन्न निर्देशन दिएका थिए ।

यसअघि, मन्त्रिपरिषद् बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना पारित गरेको थियो । उक्त कार्ययोजनाअनुसार कोटेश्वर चोकको ट्राफिक जाम कम गर्न अकासे पुल निर्माण गर्ने, अन्डरपास बनाउने, सडक छेउका दुवै भागमा ट्र्याक विस्तार गर्नेलगायतका योजना अघि सारिएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि काठमाडौं महानगरपालिका, सडक विभागलगायत निकायले नियमित रूपमा सडक विस्तारको पहल गर्दै आएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies