Khabar Dabali Logo
  November 26, Thu

महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालनको तयारी

कञ्चनपुर । महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ ।

अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन तयारी अघि बढाएको हो । मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । प्राविधिक जनशक्ति व्यवस्थापनको कार्य पूरा गरिएको छ । मेसिन सञ्चालनका लागि प्रयोगशाला प्राविधिकको टोलीलाई तालिमका लागि पठाउन लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयसित समन्वय गरी प्राविधिकलाई १५ दिनको तालिमका लागि पठाउन लागिएको हो ।

“ल्याबको काम अन्तिम चरण आइ सकेको छ, मङ्सिर ११ गतेसम्म सबै कार्य पूरा गर्ने भनिएको छ, त्यसपछि मङ्सिर १५ गतेदेखि मेसिन सञ्चालन गरी परीक्षण शुरु गर्छौ”, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “मेसिन चलाउने जनशक्ति व्यवस्थापन भई सकेको छ, उनीहरुलाई मङ्सिर ३ गते १५ दिने तालिमका लागि पठाइ रहेका छौँ ।”

पिसिआर प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएका छन । त्यसमा बिएमएलटी चार, माइक्रो बायलोजिष्ट एक, ल्याब टेक्नेसियन दुई र चार जना स्वीपरलगायत छन् । भीमदत्त नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउन मेसिन खरिद गरी अस्पतालाई गत महिना हस्तान्तरण गरको छ । नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसित समन्वय गरी रु ३८ लाखमा मेसिन खरिद गरेको थियो । मेसिन सञ्चालनका लागि चाहिने दैनिक खर्च व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङको संयोजकत्वमा आर्थिक समिति गठन गरी कार्य अघि बढाइएको छ ।

कञ्चनपुरका सबै जनप्रतिनिधि र स्थानीय सरकारले मेसिन सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता गरी सकेका छन । भीमदत्त नगरपालिकाले महाकाली अस्पताल, जिल्ला समन्वय समिति र सुदूरपश्चिम प्रदेशका सदस्यहरुसित समन्वय गरी मेसिन खरिद गरेको थियो । अस्पतालले पिसिआर प्रयोगशाला बनाउन क्यबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माइक्रोसेन्टिफ्युज लगायतका ८२ लाखकोे उपकरण खरिद गरी सकेको छ ।

कात्तिक २९ गते, २०७७ - १२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध...   

यसबर्षको हिउँदको मौसमबारे विश्लेषण : तापक्रम औसतभन्दा बढी नै रहने अनुमान

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै...   

आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माणको काम सकिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका...   

थप १६ सय १४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

हेटौंडा । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग...   

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

काठमाडौँ । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार...   

महासङ्घको वार्षिक साधारणसभा शुरुः अभिभावकको क्षमताअनुसार नै माग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा...   

हिजो झै आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव नै : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता...   

आबुखैरेनीमा बस दुर्घटना हुँदा कम्तिमा १७ जना घाइते

तनहुँ । बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस तनहुँको आबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बिहीबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top