Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

कृत्रिम फूलको माग बढ्दै

कैलाली । तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ ।

तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो । कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको व्यापारीहरुको भनाइ छ ।

मालाको माग बढेसँगै यतिबेला प्रदेशको अस्थायी राजधानी धनगढी,अत्तरिया लगायतका शहरी क्षेत्रका बजार बनावटी फूलमालाले रङ्गिन बनेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच तिहारका लागि आवश्यक पर्ने फूल लगायतका समग्री खरिद गर्न यतिबेला बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।

भाइ टीकाको दिन दिदी बहिनीले दाजु भाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा नेपाली समाजमा छ । मखमली र सयपत्री फूलको माला कृत्रिम भन्दा महङ्गो पर्ने भएपछि बनावटी माला लगाउनु पर्ने अवस्था देखिएको स्थानीय महेश्वरी जोशीले बताए ।

“बजारमा सहज रुपमा र सहुलियत मूल्यमा सयपत्री र मखमलीका माला पाउँदैन ,कतै पाइएछ भने निकै महङ्गो हुने गरेको छ”, उनले भने । कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको स्थानीय व्यापारीको भनाइ छ ।

कैलाली, कञ्चनपुर, बैतडी लगायतका जिल्लाका सीमा नाकावाट तिहारको समयमा भारतबाट ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेको छ । यस वर्ष भने कोरोनाको जोखिमका कारण कृत्रिम माला आयातमा भने विगत वर्षको तुलनामा केही कमी आएको छ । कागज,कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समय सम्म टिक्ने, झट्ट हेर्दा आर्कषक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।

यस वर्ष अधिकांशका घरमा कात्तिक पहिलो हप्तामा नै सयपत्री फूल फुलेका थिए । तर ढिलो गरी तिहारको साइत आउँदा अधिकांशका घरमा फुलेका फूल बोटमै सुकेर प्रयोग गर्न नमिल्ने भएपछि पनि बनावटी फूल प्रयोग गर्नु पर्ने अवस्था आएको हो ।

स्थानीय पार्वती पाण्डेयले भने, “घरमा रोपिएको सयपत्री सुकेर काम नलाग्ने भएपछि बनावटी फूलको खोजी गरेकी छु ।”
यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुट रुपमा कतिपयले प्राकृतिक फूलको व्यवासायिक खेती गर्ने गरेको भएपनि माग अनुसारका फूलको उत्पादन र बजारीकरण हुन सकिरहेको छैन । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies