Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तीन वर्षमा सुदूरपश्चिममा ८८५ दुर्घटना : ५९४ जनाले ज्यान गुमाए, ९५९ गम्भीर घाइते

सुदूरपश्चिम । पछिलो तीन वर्षमा सुदूरपश्चिममा भएका आठ सय ८५ सवारी दुर्घटनामा पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय ५९ जना गम्भीर घाइते भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक सय ७५ सवारी दुर्घटना भएका छन् । जसमा ६२ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर मोहनबहादुर साउदका अनुसार आव ०७६–७७ भएका दुई सय ८५ दुर्घटनामा एक सय ४३ जनाको ज्यान गएको छ भने दुई सय ५४ गम्भीर घाइते भएका छन् । त्यस्तै, आव ०७५–७६ मा दुई सय ३४ दुर्घटना भएका छन् । जसमा दुई सय २३ जनाको मृत्यु भएको छ भने एक सय ८७ गम्भीर घाइते भएका थिए । आव ०७४–७५ प्रदेशभर भएका एक सय ६४ दुर्घटनामा एक सय ६६ को ज्यान जानुका साथै एक सय ३३ गम्भीर घाइते भएका थिए ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने, यान्त्रिक गडबडी, सडकको दुरावस्थालगायत कारणले पहाडी जिल्लामा बढी दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले बताए । ‘पहाडी जिल्लामा सडक साँघुरा छन् । कतिपय ठाउँमा एक लेनको सडक छ । विपरीत दिशाबाट आइरहेका दुई गाडीको मोडहरूमा जम्काभेट हुँदा पनि दुर्घटना हुने गरेको पाइन्छ,’ उनले भने ।

बैतडीमा बस दुर्घटना हुँदा ९ को मृत्यु, ३४ घाइते
दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको पवनदूत यातायातको बस बिहीबार राति बैतडीको खोडपे बजारनजिकै दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । ३४ घाइते भएका छन् ।

राति करिब साढे दश बजे ना.५ख ५१४१ नम्बरको बस खोडपे बजार पुग्नुभन्दा एक किलोमिटर वरै पाटन नगरपालिका– ८ मा सडकबाट तल खसेको थियो । आठ यात्रुको घटनास्थलमै र एकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा बैतडीका तीन तथा दार्चुला, कैलाली र कञ्चनपुरका दुई–दुई जना रहेका छन् ।

बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका– ६ का रणबहादुर चन्द, कविन्द्र जोशी र करनसिंह ऐडी रहेका छन् । चन्द नेपाल प्रहरी र जोशी दोगडाकेदार गाउँपालिकाका कर्मचारी हुन्।

त्यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका– ५ डाँडाकोटका जगन्नाथ ओझा र लेकम गाउँपालिका खरकडाका तर्कराज गिरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की कृतिका कार्की र वडा नम्बर १० की विजनादेवी धामी तथा कैलालीको धनगढी उपमहानगरपालिका– १४ आदर्शटोलका ऋषिराम चौधरी र सोही वडाको फूलबारी घर भएका नरेन्द्र चौधरीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

घाइते हुनेमा कञ्चनपुर घर भएका १०, बैतडीका आठ, दार्चुला र कैलालीका ६–६, काठमाडौंका तीन र अछामका एकजना रहेका छन् । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ, बाँकीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए ।

चालकले मोडमा बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । चालक घाइते भएर उपचाररत रहेकाले दुर्घटना हुनुको विस्तृत कारण अझै थाहा नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी सिगास गाउँपालिका–२ की जानकी सिंहका अनुसार दार्चुलाको गन्नाबाट दिउँसो १२ बजे हिँडेको बस पाटनबाट उकालो लाग्दा नै वेलावेला झ्याप्पझ्याप्प रोकिएजस्तो भइरहेको थियो ।

‘पाटनबाट उकालो चढ्दा नै बस वेलावेला रोकिएजस्तो भइरहेको थियो, खोडपे पुग्नै लाग्दा खोडपे १ किलोमिटर लेखिएको माइल स्टोनलाई ठोक्दै बस सडकबाट तल खस्यो । हावामा उडेजस्तो भयो,’ उनले भनिन्, ‘गाडी तल बजारिएपछि सबैको रुवावासी सुरु भयो, म गाडीबाट कसरी बाहिर निस्के थाहै छैन ।’

दुर्घटनाको लगत्तै खोडपे बजारका स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेको जानकीले बताइन् । ‘बचाउ बचाउको आवाजसँगै छोरी रोएको पनि सुनेपछि बाँच्यौँ भन्ने महसुस भयो । त्यसपछि छोरीलाई काखमा च्यापेर बसेकी थिएँ, केहीबेरमा बजारका मान्छे र प्रहरी आएर उद्धार गरे,’ जानकीले भनिन् । उनीसँग दुई वर्षकी छोरी पनि थिइन् । जानकीको पाखुरामा र छोरीको टाउकोमा सामान्य चोट लागेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies