Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सरकारले अनुदानबाट जुटायो २०८ भेन्टिलेटर

२२ भेन्टिलेटर किन्न तीन महिनाअघि टेन्डर आह्वान भए पनि निर्णय अझै भएन

काठमाडौं । देशमा कोरोना संक्रमण देखिएको नौ महिनाको अवधिमा विभिन्न सरकारी अस्पतालमा दुई सय आठ भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले खरिद गरेको नभएर दाताहरूले दान दिएका हुन् । सरकारले त तीन महिनाअघि टेन्डर गरेका २२ भेन्टिलेटर समेत अहिलेसम्म खरिद गर्न सकेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - संक्रमितको उपचारका लागि गत माघमै एक सय २० आइसियू बेड थप्ने घोषणा पनि सरकारले अझै पूरा गरेको छैन । स्वास्थ्य मन्त्रालय दाताहरूसँग हात थाप्नमै आनन्द मानिरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. रमेश खरेलका अनुसार सरकारले अहिलेसम्म आफ्नो पैसाबाट आइसियू–भेन्टिलेटर केही पनि खरिद गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले भदौ पहिलो साता करिब ६ करोड रुपैयाँमा २२ वटा भेन्टिलेटर खरिद गर्न टेन्डर आह्वान गरेको थियो । तर, अहिलेसम्म आउने–नआउने निश्चित छैन । त्यसबारे अन्तिम निर्णय हुन सकेको छैन । यो विषय छलफलमै रहेकाले भेन्टिलेटर खरिद हुन अझै केही समय लाग्ने डा. खरेलले बताए ।

डा. खरेलका अनुसार अहिलेसम्म विभिन्न दाताहरूले दुई सय आठ थान भेन्टिलेटर दानमा दिएका छन् । शुक्रबार मात्रै अमेरिकी सरकारले २५ करोड रुपैयाँबराबरको सय थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । त्यस्तै, गत आइतबार भारत सरकारले २८ वटा भेन्टिलेटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यसबाहेक यसअघि टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हर्टले दुईवटा भेन्टिलेटर सहयोग गरेका थिए । त्यस्तै, भारतले नेपाली सेनालाई यसअघि १० थान भेन्टिलेटर पनि उपलब्ध गराएको थियो ।

देशभर ८७ संक्रमित भेन्टिलेटरमा, तीन सय ८७ आइसियूमा
स्वास्थ्य मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार देशभरका अस्पतालमा ८७ संक्रमितको भेन्टिलेटर र तीन सय ८७ को आइसियूमा उपचार भइरहेको छ । उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र एक सय ६८ जना आइसियूमा छन् ।

लुम्बिनी प्रदेशमा आइसियूमा ७१ र भेन्टिलेटरमा एक जना छन् । गण्डकी प्रदेशमा ६९ जना आइसियू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आइसियू र १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आइसियू र दुई जना भेन्टिलेटरमा छन् । त्यस्तै, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँचजना आइसियूमा उपचाररत छन् ।

कोरोनाको सामान्य वा मध्यम खालको लक्षण देखिएका संक्रमितलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राखिहाल्नुपर्ने अवस्था हुँदैन । उनीहरूको अक्सिजन दिएर वा अन्य चिकित्सकीय सहायतामार्फत उपचार सम्भव छ ।

तर, गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा गम्भीर लक्षण देखिएका र पहिलेदेखि नै विभिन्न दीर्घरोग भएका व्यक्ति धेरै छन् । त्यसैले मृत्यु घटाउन भेन्टिलेटर र आइसियू महत्वपूर्ण हुन्छ, जसले देशैभर अभाव छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नौ हजार पाँच सय ३३ नमुना परीक्षण गर्दा दुई हजार एक सय ११ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या एक हजार दुई सय दुई पुगेको छ । हाल देशभर ३७ हजार २२ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये २९ हजार ४९ होम आइसोलेसनमा बसेका छन् ।

अमेरिकाद्वारा सय थान भेन्टिलेटर सहयोग

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडीमार्फत नेपाललाई सय थान भेन्टिलेटर सहयोग गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

मन्त्री ढकालले भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए । कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा भेन्टिलेटर सहयोग गरेकोमा नेपाल खुसी रहेको उनले बताए । मन्त्री ढकालका अनुसार नेपालमा करिब एक हजार थान भेन्टिलेटर रहेकोमा अमेरिकाले एकैपटक त्यसको करिब १० प्रतिशत थपिदिएको छ ।

मन्त्री ढकालले अमेरिकाले दिएको भेन्टिलेटर सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूलाई सात–सातवटा र बाँकी ५१ भेन्टिलेटर सरकारी अस्पतालमा दुई–दुईवटाको दरले वितरण गरिएको जानकारी पनि दिए । कोरोनाविरुद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने उनले बताए । कोभिड– १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा पनि मन्त्री ढकालले गरे ।

अमेरिकी राजदूत बेरीले असल र खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिबद्ध रहेको बताए । ‘यी भेन्टिलेटरमार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ, जसले गर्दा कोभिड– १९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून्,’ उनले भने । राजदूत बेरीले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी विधि उपलब्ध गराउन अमेरिका प्रतिबद्ध रहेको समेत बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies