Khabar Dabali Logo
  December 4, Fri

सचिवालय बैठक अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत–अरु के भयो ? अध्यक्षद्वयका लिखित पत्र बाडियो सचिवालयमा

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदन सबै सदस्यलाई दिइएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदन सबै सदस्यलाई दिइएको छ । तर, सो प्रतिवेदनमा के छ भन्ने विषय भने खुलाइएको छैन ।

बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार गएको भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि जारी गरिएको आन्तरिक पार्टी निर्देशन पनि सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । शुक्रबारको बैठकले आगामी बैठकका कार्य सूची तय गरेको उनले जानकारी दिए । उनका अनुसार वर्तमान अवस्थामा देखिएको पार्टी संकटबारेको छलफल बैठकको मुख्य कार्यसूची हुनेछ ।

बैठकमा भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन, सङंगठनको सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार सञ्चालन, कर्णाली विवाद, पर्सा हत्याकाण्ड, रअ प्रमुखसँ ओलीको भेटलगायत कोभिड–१९ को विषयमा बैठकमा छलफल हुने कार्यसूची छ ।

पछिल्लो समय नेकपामा विवाद चर्किँदै जाँदा नेकपा प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएका थिए । कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यहरूले बिहीबारसम्ममा बैठक बोलाउन दवाव दिएका थिए । बैठकबाट भाग्दै आएका ओली अन्ततः चर्को दवावपछि शुक्रबार बैठक बोलाउन बाध्य भएका थिए ।

कात्तिक २८ गते, २०७७ - १८:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top