Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

ओलीले प्रचण्डलाई लेखेकोे १० पन्ने पत्रमा के छ ?

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीका शीर्ष नेताहरुबाट पार्टी सचिवालय बैठक बोलाउन आएको दुई पेज लामो लिखित पत्रको जवाफमा पत्र लेखेका छन्। प्रधानमन्त्री ओलीले लेखेको जवाफ पत्रमा पार्टीमा उत्पन्न विवाद समाधानका लागि पार्टी बैठकको माग गर्ने शीर्ष नेताहरु माथि विभिन्न आरोप लगाएका छन्।

कात्तिक २२ मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले ओलीलाई बालुवाटारमा भेटेर सचिवालय बैठकका लागि सहमति जनाउन दुई पाने पत्र बुझाएका थिए। ओलीले त्यसैको प्रतिवाद स्वरुप पाँच पाने पत्र लेखेका हुन्।

पाँच सचिवालय सदस्यले लेखेको पत्रमा ओलीले स्थायी कमिटीको निर्णय नमानेको, कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको, रअ प्रमुखलाई भेटेको लगायतका विषय समेटेर उनको आलोचना गरिएको थियो। बिहीबार ओलीले लेखेको पत्रमा पाँच शीर्ष नेताहरुमाथि केही लगायतका आरोप लगाइएको सचिवालय सदस्यको भनाई छ। ओलीले लेखेको पत्रमा आफ्नाविरुद्ध घेराबन्दी भएको र पार्टीको निर्णयलाई कमजोर बनाएको र नेताहरूबाट गलत प्रचार गरेको लगायतका आरोप लगाएका छन्।

ती नेताका अनुसार पत्रमा आरोपको प्रत्यारोप मात्र छ, तर पार्टी विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कुनै एजेन्डा आएको छैन। ओलीले प्रचण्डलाई सम्बोधन गरेर लेखेको पत्रमा खनाल, नेपाल, गौतम र श्रेष्ठलाई बोधार्थ दिइएको छ। यसैबीच शुक्रबार अपराह्न ४ बजे पार्टी सचिवालयको बैठक बस्दैछ। बैठकको एजेण्डा तय नभए पनि पाँच सदस्यले पत्रमा उल्लेख गरेकै विषयमा छलफल हुने आकलन गरिएको छ। बैठकका लागि दुवै पक्षले आ-आफ्नो तयारी पनि गरेका छन्।

भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले पार्टी एकताको रक्षा गर्ने, पार्टी र सरकार सञ्चालनमा सकारात्मक परिवर्तन गर्ने, पार्टी र सरकारलाई विचार र नीतिका आधारमा सञ्चालन गर्ने, पार्टी र सरकार दुवैलाई विधि र पद्धतिका आधारमा संस्थागत ढंगले सञ्चालन गर्ने, सरकारलाई जनमुखी ढंगले सञ्चालन गरी सफल पार्ने तथा आगामी चैतमा पार्टी एकताको संक्रमणकाललाई अन्त्य गर्ने गरी एकताको राष्ट्रिय महाधिवेशन गर्नेसहितका १५बुँदे प्रस्ताव पारित गरेको थियो ।

ती निर्णय कार्यान्वयनमा समस्या देखिएपछि सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै सामूहिक पत्र लेखेका हुन् । यसबीचमा पार्टी प्रवक्ता श्रेष्ठले पनि दुई पत्र दुवै अध्यक्षलाई बैठकको माग गर्दै लेखेका छन्। चिवालयका बहुमत सदस्यहरुले पार्टीलाई विधि र पद्धतिमा चलाउनु पर्नेमा जोड दिँदै आएका छन्। पार्टी भित्र पनि ओलीको कार्यशैलीमाथि आलोचना हुँदै आएको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies