Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सामग्री अभावले रोकियो गौशाला–चाबहिल सडक निर्माण

काठमाडौं । निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो ।

निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै सम्पन्न भइसक्ने भए पनि अभाव हुँदा काम रोकिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार लेलेस्थित ढुङ्गा रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन । उनले भने, “कानूनी रुपमा नै रोकिएकाले हामीले जोड गर्न पनि मिलेन ।”

जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधिसम्मिलित बैठकले अर्को सूचना नभएसम्मका लागि ती उद्योगमा रोक लगाएको थियो । ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टीलगायत सामग्री आउने गरेको थियो ।

सडक निर्माण सम्पन्न गर्न अरु स्थानबाट सामग्री ल्याउन सकिने भए पनि त्यसका लागि थप समय लाग्ने प्रमुख नेपालीले बताए। उनका अनुसार आवश्यक मात्रामा निर्माण सामग्री तयार गर्न कम्तीमा पनि दुई साता लाग्छ । उनले भने, “आवश्यक मात्रामा एउटै क्रसरबाट नहुँदा धेरैमा भन्नुपर्ने पनि हुन सक्छ ।”

सो सडक सम्पन्न गर्न तोकिएको अवधि आगामी पुससम्म छ । अवधि अझै बाँकी रहे पनि स्थानीयवासीले दुःख पाइरहेकाले दशैँतिहारलगायत चाडपर्वअघि नै सम्पन्न गर्ने डिभिजनको लक्ष्य थियो । उनले भने, “कानूनी रुपमा समयावधिभन्दा पनि हामीले गरेको प्रतिबद्धतानअनुसार गर्न सकिँदैन भन्ने हाम्रो चिन्ता छ ।”

कार्यालयले निर्माणको काम गरिरहेको पुतलीसडकबाट ज्ञानेश्वर हुँदै कमलपोखरीसम्मको सडक निर्माण पनि निर्माण सामग्री अभावकै कारण अवरुद्ध छ । सडक निर्माण भइरहेकै समयमा निर्माण सामग्री नहुँदा काम बीचैमा अलपत्र भएको देखिन्छ । गौशाला–चाबहिल सडक बढी सवारीसाधनको चाप रहेको उपत्यकाको सडकमध्ये एक हो । सत्ताइस दशमलव दुई किमी लम्बाइको चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वरदेखि कलङ्की चीन सरकारले विस्तार गरिसकेको छ । दोस्रो खण्डका रुपमा कलङ्कीदेखि धोबीखोला ९गोपीकृष्ण चलचित्रघरसँगैसम्म० को सडक विस्तारका लागि सरकारले निर्माणस्थल खाली गरिरहेको छ । धोबीखोलादेखि गौशालासम्मको खण्ड भने कार्यालयले निर्माण गरिरहेको छ ।

सुन्दरीजलबाट काठमाडौँका विभिन्न स्थानमा जाने पानीको मूल पाइप यही सडक भएर आउँछ । राणाकालमा बिच्छाइएको पाइप पुरानो भएकाले खिइँदै पानी बाहिर निस्किरहँदा यहाँको सडक बिग्रिरहेको थियो । एक दशकयता पटकपटक मर्मत भए पनि पुराना पाइपकै कारण सडकमा कालोपत्र उप्कने, खाल्डो हुने र धुलोका कारण स्थानीयवासी हैरान थिए । विसं २०६८ मा सडक विस्तारका क्रममा खानेपानीको पाइप सडकका बीच भागमा राखिएपछि सो समस्या बढेको थियो ।

खानेपानी र सडक पहिले एउटै मन्त्रालयअन्तर्गत भए पनि केही वर्ष पहिलेदेखि फरकफरक मन्त्रालयले हेर्ने र मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा यहाँको सडकको समस्या दीर्घकालीन समाधान हुन सकेको थिएन । अहिले भने डिभिजन कार्यालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले समन्वय गरेर खानेपानी र सडक एउटै ठेक्काबाट काम शुरु भएको थियो । कालिका र बेदान्सी जेभीले आगामी पुसम्ममा सम्पन्न गर्ने गरी ठेक्का पाएका थिए ।
सो सडकखण्डमा पाइप व्यवस्थापनकै काम पहिले भएको थियो । यहाँ रहेका टुटेफुटेका पाइप हटाउँदै नयाँ फेरिएको थियो । गौशालादेख चाबहिल, चाबहिलदेखि चुच्चेपाटी र चाबहिलदेखि गोपीकृष्ण हल सडकखण्डको सडकको लम्बाइ झण्डै साढे दुई किमी छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies