Khabar Dabali Logo
  December 5, Sat

यसबर्ष धानको उत्पादन बढ्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको, समयमै रोपाइँ भएको र खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए।

गत वर्ष तीन हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताए।

पहिरो, बाढी र कटानले क्षति गरेकाले धान उत्पादन अपेक्षाकृत हुन नसकेको उनको भनाइ छ । प्राकृतिक प्रकोपका कारण तीन प्रतिशत उत्पादन प्रभावित भएको अनुमान छ । यस वर्ष वैशाख–जेठ महिनादेखि नै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए ।

लकडाउनमा फुर्सदिला भएका कृषकहरुले बाँझो खेतमा पनि रोपाइँ गरेकाले क्षेत्रफल बढेको हो । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिएको र भित्र्याउँदाको समय पनि अनुकूल भएको छ ।

विगतका वर्षमा मजदूरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएकाले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन् ।

असी प्रतिशत कृषकले धान भित्र्याइसकेका छन् । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमीनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

सलह, फौजीकिरा, हावाहुरी र बाढी पहिरोका कारण मकै उत्पादन भने प्रभावित भएको छ । गत वर्षको तुलनामा १६० मेट्रिक टन मकै उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा ६ हजार ७३३ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ ।

गत वर्ष तीस हजार २६० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको छ । फौजी र सलह किराको प्रकोपका कारण मकै उत्पादन घटेको हो । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो । अर्को खाद्यबाली कोदो भित्र्याउन भने शुरु भएको छ ।

कात्तिक २८ गते, २०७७ - ११:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मापदण्डविपरीतका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द

वीरगञ्ज । औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका...   

विद्यालयमा स्वास्थ्य सामग्रीको अभावले, अतिरिक्त स्रोतसामग्री दिन सुझाव

काठमाडौँ । शिक्षाविद् र शिक्षकले विद्यालय पुनःसञ्चालन र वैकल्पिक माध्यमको सिकाइमा प्रभावकारिताका...   

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...   

अब सवारीसाधनमा भाडादर नटाँसे कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा...   

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौं । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल भएका युवा बक्सर...   

सिरहामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा...   
भारतमा आन्दोलनरत किसानहरुद्धारा बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानहरुद्धारा बन्दको घोषणा

दिल्ली । भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी...   

आज नेकपा सचिवालय बैठक बस्दै, प्रचण्ड एक घण्टाअघि नै पुगे बालुवाटार

काठमाडौं । आज नेकपा सचिवालय बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजेबाट...   

पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही...   

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top