Khabar Dabali Logo
  December 3, Thu

बैतडीमा बस दुर्घटना : नौ जनाको मृत्युु, ३४ घाइते

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरुको सनाखत हुन बाँकी छ ।

मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए।

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिए । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।

कात्तिक २८ गते, २०७७ - ०८:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै...   

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

काठमाडौं । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया...   
गुणस्तरहीन तोरीको तेल सस्तो मूल्यमा बिक्री गर्ने कैलाश उद्योगमा सिल

गुणस्तरहीन तोरीको तेल सस्तो मूल्यमा बिक्री गर्ने कैलाश उद्योगमा सिल

हेटौंडा । अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन...   

प्रधानमन्त्री ओलीलाई सभापति देउवाको फोन, नेता पौडेल रिहा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा...   

कपास उद्योगमा दन्किरह्यो आगो, आएन दमकल

गलकोट । मङ्गलबार साँझ बाग्लुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग...   

थप १४ सय ९० जनामा कोरोना पुष्टि, १५ सय ६७ जना कोरोनामुक्त

काठमाडौँ । बुधबार नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

खाँदबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद गौतमले पार्टीमा देखिएको विवाद...   

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ । गृहजिल्ला तनहुँमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा...   

सुरु भएकाे केहि समयमै स्थगित भयो नेकपा बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी...   

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top