Khabar Dabali Logo
  December 2, Wed

प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड निर्माण, देश -विदेश जानुपर्दा बालुवाटारबाटै आवतजावत

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सङ्खुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको बताए। उनका अनुसार हेलिप्याड निर्माणका लागि प्राधिकरणले प्राविधिक सहयोग गरेको छ । हेलिप्याड प्राधिकरणको प्राविधिक सहयोगमा नेपाली सेनाले तयार पारेको हो । सो हेलिप्याडमा अहिले नेपालमा सञ्चालनमा रहेको सबैभन्दा ठूलो हेलिकोप्टर ‘एमआइ १७’ सम्म क्षमताका बस्न सक्ने जनाइएको छ ।

कात्तिक २७ गते, २०७७ - १६:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुणस्तरहीन तोरीको तेल सस्तो मूल्यमा बिक्री गर्ने कैलाश उद्योगमा सिल

गुणस्तरहीन तोरीको तेल सस्तो मूल्यमा बिक्री गर्ने कैलाश उद्योगमा सिल

हेटौंडा । अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन...   

प्रधानमन्त्री ओलीलाई सभापति देउवाको फोन, नेता पौडेल रिहा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा...   

कपास उद्योगमा दन्किरह्यो आगो, आएन दमकल

गलकोट । मङ्गलबार साँझ बाग्लुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग...   

थप १४ सय ९० जनामा कोरोना पुष्टि, १५ सय ६७ जना कोरोनामुक्त

काठमाडौँ । बुधबार नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

खाँदबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद गौतमले पार्टीमा देखिएको विवाद...   

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ । गृहजिल्ला तनहुँमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा...   

सुरु भएकाे केहि समयमै स्थगित भयो नेकपा बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी...   

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा...   

जापान निवासी सबै नागरिकले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक...   

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने

एजेन्सी । बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top