Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कोटेश्वर–जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का

काठमाडौं । कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन शुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम भइरहेको छ । केही समयभित्रै निर्माणस्थल खाली भइसक्ने भएकाले आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

निर्माण शुरु भएको छ महिनामा सम्पन्न हुने पनि डिभिजनले जनाएको छ । डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार सो स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ । कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय काठमाडौँ महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने बताएको छ । उनले भने, “बाँकी काम सकिएपछि अबको एक महिनामा ठेक्का प्रक्रियामा जान सकिन्छ ।”

सो खण्डमा उत्तर र दक्षिण दुवैतर्फको सडक विस्तार गर्न लागिएको भए पनि पहिले दक्षिणतर्फबाट गर्न लागिएको डिभिजनले जनाएको छ । उत्तरतर्फ पर्ने एउटा घरको मुआब्जाको विषय टुङ्गिन बाँकी रहेको प्रमुख नेपालीले जानकारी दिए । उनले भने, “एक महिनाभित्रमा त्यो विषय पनि टुङ्गिने हाम्रो विश्वास छ ।”

काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको तयारी भइरहेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुने अपेक्षा गरिएको छ । कोटेश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे ९उत्तर०तर्फ एक लेन र दाहिने ९दक्षिण०तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies