Khabar Dabali Logo
  November 25, Wed

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण कार्य पूरा भएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा विश्वविद्यालय स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माण गरिएको हो ।

बुधवार नवनिर्मित भवनमा पूजापाठपश्चात कार्यालय सञ्चालनमा ल्याइएको छ । विसं २०६७ मा स्थापना भएको विश्वविद्यालय भवनको अभावमा यसअघि भाडाका घरमा सञ्चालन हुँदै आएको थियो । नवनिर्मित भवनमा ३५ कोठा र दुई बैठक कक्ष रहेका छन् । भवन रु १३ करोडको लागतमा निर्माण गरिएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा गोविन्द विष्टले प्रशासनिक भवन निर्माण भएपछि दैनिक कामकाज नयाँ भवनबाट शुरु गरिएको बताए ।

“विश्वविद्यालय स्थापना भए पनि आफनै भवन थिएन”, उनले भने, “मासिकरूपमा रु ६५ हजार घरभाडा तिरेर प्रशासनिक कार्यसञ्चालन गर्दै आएका थियौँ । विश्वविद्यालयको आफ्नै भवन भएपछि कामकाज गर्न निकै सहज हुने भएको छ ।” विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले प्रशासनिक भवन अहिले एक तलाको बनेको भए पनि निकट भविष्यमै तीनतले भवन निर्माण गरिने बताए ।

“प्रशासनिक भवनसँगै आवासगृहसमेत बनाउने योजना छ”, उनले भने, “अन्य आवश्यक भौतिक पूर्वाधार विकासको कार्यसमेत शुरु गर्छौँ ।” तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको १९ बिघा जग्गा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि उपलब्ध गराइएको थियो ।

कात्तिक २७ गते, २०७७ - १०:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

वालिङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ...   

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना...   

कोरोना भाइरसबाट हालसम्म करिब १४ लाख व्यक्तिहरुको मृत्यु

पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको...   

कक्षा १२ को परीक्षा सन्तोषजनक : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा...   

पाकिस्तानमा कोरोना भााइरसका संक्रमण बढ्दो

इस्लामावाद । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका...   

निकारागुवामा भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु, २५ जना घाइते

मनागउ । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा...   

उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मानित

काठमाडौँ । छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट...   

घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक...   

किसानलाई घाँसको बीउ वितरण

स्याङ्जा । व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई...   

पछिल्लो २४ घण्टामा भारतमा थप ३८ हजार मानिस सङ्क्रमित

नयाँदिल्ली । कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top