Khabar Dabali Logo
  December 5, Sat

सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर बढ्दै

सुदूरपश्चिम । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन । जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार २६९ जनामध्ये आठ हजार ७०८ जना उपचार व्यवस्थापनपछि घर फर्केका छन् । बुधबारसम्म कोरोनाका शङ्कास्पद एक लाख ११ हजार २०७ व्यक्तिको पिसीआर पद्धतिबाट नमूना जाँच भइसकेको छ । बिरामी बढ्दै गएपछि प्रदेश सरकारले कोभिड अस्थायी अस्पताल धनगढीमा थप शय्याको व्यवस्थापनको तयारी गरिरहेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोभिड अस्थायी अस्पतालमा थप शय्या थप्ने काम अघि बढेको बताए। सो अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० शय्याको व्यवस्था गरिएकामा पछिल्ला दिनमा पूरै शय्या भरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। प्रदेशका अन्य जिल्लामा रहेका अस्पतालमा आइसीयू ९सघन उपचारकक्ष० र भेन्टिलेटरको व्यवस्था पर्याप्त नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई सेती प्रादेशिक अस्पतालमा सिफारिस गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमणदर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए । “चिसो बढ्ने भएकाले कोभिड–१९ जस्तो लक्षण बढी व्यक्तिमा देखिन सक्छ”, उनले भने, “लक्षण देखिएपछि एक हप्ता आफ्नै घरको छुट्टै कोठामा वा आइसोलेसनमा बसेर एक हप्तापछि मात्र नमूना परीक्षण गराउनुपर्छ ।”

कात्तिक २७ गते, २०७७ - ०९:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...   

अब सवारीसाधनमा भाडादर नटाँसे कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा...   

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौं । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल भएका युवा बक्सर...   

सिरहामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा...   
भारतमा आन्दोलनरत किसानहरुद्धारा बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानहरुद्धारा बन्दको घोषणा

दिल्ली । भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी...   

आज नेकपा सचिवालय बैठक बस्दै, प्रचण्ड एक घण्टाअघि नै पुगे बालुवाटार

काठमाडौं । आज नेकपा सचिवालय बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजेबाट...   

पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही...   

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन...   
चीनको कोइलाखानीमा ग्यास चुहिँदा १८ मजदुरको मृत्यु

चीनको कोइलाखानीमा ग्यास चुहिँदा १८ मजदुरको मृत्यु

एजेन्सी । दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको विवरण...   
आठ महिनापछि खुल्यो टीकापुर पार्क

आठ महिनापछि खुल्यो टीकापुर पार्क

कैलाली । कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top