Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यो वर्ष देउसी–भैलो नखेलौं : गृह मन्त्रालय

काठमाडौं। सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले यस्तो आग्रह गरिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भिडभाड नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

धेरै जिल्लाले देउसी–भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय नै गरिसकेका छन् । उपत्यकाका तीनवटै जिल्लामा पनि रोक लगाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार यससम्बन्धी निर्णय गरिसकेको छ । गृह मन्त्रालयले देउसी–भैलो खेल्न बालबालिकालाई घरबाहिर जान नदिन अभिभावकहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले पटाका, भुइँचम्पा, आतसबाजी जस्ता वस्तुको प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको जनाएको छ । तिहार तथा छठको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताए ।

उपत्यकामा दिउँसो पनि मापसे चेकिङ
चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत उपत्यकामा प्रहरीले चेकजाँच बढाएको छ । बुधबारदेखि मुख्य सडकहरूमा चेकपोस्ट थपेर चेकजाँच गरिएको छ । ट्राफिक प्रहरीले दिउँसै मापसे जाँच समेत थालेको छ । चाडपर्वको समयमा दिउँसोसमेत मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति हुने भएकाले दिउँसो पनि चेकजाँच थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चाडपर्वको समयमा लुटपाटका घटना बढ्न सक्ने भन्दै सुरक्षा जाँच कडा गरिएको हो । कडाइका कारण विगतका वर्षको तुलनामा चोरी तथा लुटपाट नगन्य मात्र भएको काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । जुवातास नियन्त्रणमा पनि प्रहरीले निगरानी बढाएको छ ।

भाइटीकाको भोलिपल्ट बिदा
तिहारको भाइटीकाको भोलिपल्ट अर्थात् २ मंसिरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा बिदा दिने निर्णय भएको हो । सोमबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेकाले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुने मन्त्रालयले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies