Khabar Dabali Logo
  December 2, Wed

वामदेवविरुद्धको अन्तरिम आदेश फुकुवा, अब मन्त्री बन्न पाउने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तत्कालका लागि कुनै बाधा नपर्ने भएको छ ।

सर्वोच्च अदालतलका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरानेतृत्वको संवैधानिक इजलासले भर्खरै गौतम विरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रियसभामा क्रियाशील हुन पाउने फैसला गरेको हो ।

सर्वोच्च अदालतको बुधबारको आदेशपछि गौतम राष्ट्रिय सभा सदस्यको हैसियतमा काम गर्न पाउँछन् । अनि उनी संसदीय समितिकै सदस्य बन्न वा मन्त्री बन्न समेत बाधा हुनेछैन । यसअघि नै उनी उपप्रधानमन्त्री पदमा रहेका थिए । तर उनले माग गरेको प्रधानमन्त्री पदका लागि उनी योग्य हुने छैनन् । उनले दाबी गरिरहेको अर्थमन्त्री पदमा नेकपाका महासचिव विष्णु पौडेल नियुक्त भइसकेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई असोज पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन् । यसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६ गते सर्वोच्च अदालतमा फरक–फरक रिट दायर गरेका थिए ।

कात्तिक २६ गते, २०७७ - १७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन...   

बालयौन दुराचारका आरोपमा ६० वर्षीय फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...   

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको...   

नेकपा सचिवालय बैठक सकियो, ओली- प्रचण्डकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...   

मंगलबार थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ । मंगलबार नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...   

युरिया मल आएपछि पर्साका किसान हर्षित

पर्सा । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि...   

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले...   

अखाद्य वस्तु उत्पादन गर्ने चौँतीस उद्योग कानूनका दायरामा

काठमाडौं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी...   

नेपाल–भारत उडान दिनभित्रमा सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने...   
तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top