Khabar Dabali Logo
  December 1, Tue

नेकपा समुद्र हो, छाल आयो भन्दैमा कोही आत्तिनु हुँदैन : मन्त्री भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने जनाए ।

उनले भने, “नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन ।” पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्राईले आग्रह गरे । नेताहरुले आआफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उनले राखे । उनले पार्टी एकता कायम गर्नका लागि जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

मापसे परीक्षण यन्त्र पठाइने
मन्त्र भट्टराईले विद्यालय व्यवस्थापन तथा प्रभावकारी शिक्षण सिकाइका लागि आफ्नै खर्चबाट शिक्षकलाई मादक पदार्थ सेवन ९मापसे० जाँच गर्ने यन्त्र खरीद गरेर पठाइने बताएका छन् । मैवाखोला गाउँपालिकामा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले शिक्षक नियमित रुपमा विद्यालय नआउने र आए पनि समयमै नआउने तथा मापसे गरेर आउने गुनासो आएको बताउँदै भने, “यदि मापसे परीक्षण गर्ने उपकरण भए विद्यालय सुधार आउँछ भने म आफ्नै खर्चबाट मापसे चेक गर्ने मेशिन खरीद गरेर पठाइदिन्छु ।”उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता राख्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।

मन्त्री भट्टराईले सबै वडामा दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन पु¥याइने प्रतिबद्धतासमेत जाहेर गरे । उनले प्रत्येक गाउँपालिकामा एउटा खेल मैदान निर्माणका लागि जग्गा तयार गरिएमा बजेटको आवश्यक पहल गरिने आश्वासन दिए । मन्त्री भट्टराई गत शनिबार देखि पालिकास्तरीय कार्यक्रम लिएर गृह जिल्ला ताप्लेजुङमा छन् ।

कात्तिक २६ गते, २०७७ - १५:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन...   

बालयौन दुराचारका आरोपमा ६० वर्षीय फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...   

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको...   

नेकपा सचिवालय बैठक सकियो, ओली- प्रचण्डकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...   

मंगलबार थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ । मंगलबार नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...   

युरिया मल आएपछि पर्साका किसान हर्षित

पर्सा । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि...   

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले...   

अखाद्य वस्तु उत्पादन गर्ने चौँतीस उद्योग कानूनका दायरामा

काठमाडौं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी...   

नेपाल–भारत उडान दिनभित्रमा सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने...   
तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top