Khabar Dabali Logo
  December 4, Fri

छठ पर्वमा सक्खरको माग निकै हुने हुँदा धमाधम उखु पेल्दै किसान

महोत्तरी । महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् । दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर)को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।

अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती÷बस्तीमा अहिले घरघरैजसो तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् ।

“अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतोले भने, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ ।” चिनी मिल (उद्योग) को चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ ।

अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ । दीपावली मुखमै आइसकेको र पर्वअघि मिठ्ठा बजार पुर्याउन सके अपेक्षित मूल्य पाइने किसान बताउँछन् । भङ्गाहाको प्रेमनगर, रामनगर, टोकाटोल, राजपुर, भूचक्रपुर र सीतापुर धतीयाटोलका घरघरै पनि अहिले उखु पेल्ने तुर्पिन चलिरहेका छन् ।

यस्तै औरहीका बस्ती र एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज रहेकै गौशाला नगरपालिकाको रामनगर बस्तीमा पनि आम किसान उखु पेल्न र रस पकाएर सक्खर बनाउन व्यस्त देखिएका छन् । गौशालामा उखु खेती निकै गरिने इटाटार, रजखोर, भरतपुरखोर, कालीपुर, बटुवा, लक्ष्मीनिंयाँ, पडरिया र कान्तिबजार बस्तीमा पनि उखु पेल्ने धमाधमले छोपेको देखिन्छ । दीपावली र छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने अहिलेको मुख्य काम बनेको गौशालाको बटुवा बस्तीका किसान लक्ष्मीप्रसाद कुशवाहाले बताए ।

केही वर्ष पहिलेसम्म १० हजार हेक्टरमाथि पुगेको उखु खेती पछिल्ला तीन वर्षयता क्रमशः घट्दै गएको छ । एकपटक लगाएपछि कम्तीमा दुई बाली लिन पाइने उखु खेती नगद आर्जनको राम्रो स्रोत भए पनि चिनी उद्योगहरुले भुक्तानीमा निकै झुलाउन थालेपछि घट्दै गएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । यसपालि खुट्टी (दोस्रो वर्षको बाली) तीन हजार हेक्टरको आसपास र मुडन (पहिलो वर्ष लिने उत्पादन) दुई हजार हेक्टरभन्दा तल झरेको कुशवाहाको भनाइ छ ।

“उखु खेती गर्न अग्रिम रकम नपाइने, उखु कटानको ठिक समयमा चलान नपाउने र मूल्य निर्धारण एवं भुक्तानीमा बर्सेनि लामो उल्झन हुन थालेपछि किसानको जाँगर मरेको छ”, अध्यक्ष कुशवाहाले भने, “यिनै कारणले किसान अन्य वैकल्पिक खेतीतिर लागेका र भएको उखु पनि आफैँ पेल्न थालेका हुन् ।”

जिल्लामा उखु खेतीका लागि उपयुक्त उर्वर माटो र वातावरण भए पनि यसका लागि राज्य र चिनी उद्योगहरुले किसानलाई उत्साहित बनाउन नसकेको आम किसानको गुनासो छ । किसानलाई उत्साहित बनाउने योजना बन्नसके जिल्लामा उखु खेती फस्टाउने प्रशस्त सम्भावना रहेको सङ्घको ठम्याइ छ ।

कात्तिक २६ गते, २०७७ - १२:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

कर्णाली । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई...   

कास्कीमा सुन्तला खेती सुस्ताए सँगै किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता...   

अपाङ्गता दिवसका अवसरमा सहयोग एवं सम्मान

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरका अवसरमा अपाङ्गता...   

फेसबुकबाट शुरु भएको मायाले तारालाई घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा...   

१२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गर्ने अभियुक्त जेलबाट फरार

डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा...   

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

झापा । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार...   

१० किलो चरेससहित एक जना पक्राउ

बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९...   
रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माणलाई निरन्तरता

रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माणलाई निरन्तरता

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु...   

हत्या कसुरमा २५ वर्षीय युवकलाई जन्मकैदको फैसला सहित १ लाख जरिवाना

गाईघाट । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया...   

यस वर्षको हिउँदमा गैँडा गणना हुने

चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top