Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सुख्खा बन्दरगाहका ठेकेदारबाट चोरी, प्रजिअलाई उजुरी

काठमाडौं। चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहका ठेकेदारले बागमती नदीकिनारको ग्राभेल तथा गिट्टी चोरेर सुख्खा बन्दरगाहमा लगाएको भन्दै प्रमुख जिल्ला अधिकारी तथा प्रहरी कार्यालयमा उजुरी परेको छ ।

आजको नेपाल समाचार पत्र दैनिक खबर छ - कीर्तिपुर नगरपालिका वडा कार्यालय ६ का तर्फबाट वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले सोमबार दिएको उजुरीमा प्राकृतिक सम्पत्तिको चोरी गरेकोमा हदैसम्मको सजाय गर्न माग गरिएको छ ।

‘प्राकृतिक स्रोत–साधनको सुरक्षा स्थानीय सरकारको जिम्मेवारी हो, बागमती नदीकिनारबाट ठूलो परिमाणमा ग्राभेल र गिट्टी चोरी हुनु प्राकृतिक सम्पत्तिविरुद्धको अपराध त हो नै साथमा यहाँ निर्माणाधीन सुख्खा बन्दरगाह संरचना नै कमजोर बनाउने गलत काम पनि हो’, वडाध्यक्ष महर्जनले बताए ।

गुह्येश्वरीस्थित अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगर प्रहरी वृत्त, कीर्तिपुरलगायतमा समेत उजुरी दिइएको पत्रमा ग्राभेल चोरी गरी बेच्ने ठेकेदारको नाम भने किटानी गरिएको छैन ।

तर, मंगलबार बिहान कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायतको टोली साइटमा गएर चोरीको अवलोकन गरेको छ । नदी किनारबाट ठूलो परिमाणमा ग्राभेल उत्खनन गरेर लगेको र त्यसको ठाउँमा सामान्य माटो भरेको देखिन्छ ।

‘हाम्रो प्रारम्भिक अनुमानअनुसार २५–३० ट्रिप ग्राभेल उठाएको देखिन्छ’, सुख्खा बन्दरगाह निर्माण व्यवस्थापनको जिम्मेवारी लिएको इन्टरमोडेल यातायात विकास समितिका निर्देशक युवक डंगोलले जानकारी दिए ।

तर, डंगोलले पनि किटानी गरेर कुन ठेकेदारबाट चोरीको काम भएको हो, बताएनन् । ‘ठेकेदारले उपठेकेदार राखेको देखिन्छ, छानबिन हुँदैछ, कोबाट अपराध भएको हो, उसलाई हामी उम्किन भने दिँदैनौं’, डंगोलले भने ।

‘एक ट्रिप ग्राभेलको १४ हजार रुपियाँ पर्छ, माटो दुई–तीन हजार रुपियाँ ट्रिपमा पाइन्छ, ठेकेदारले ग्राभेल लगेर माटो भरिदिएर चोरी गरेको छ, सुख्खा बन्दरगाह निर्माण प्रशासनले आफ्नै साँधमा भएको यो अपराध नदेख्नु शंकास्पद छ’, वडाध्यक्ष महर्जनले आक्रोश व्यक्त गरे ।

निर्देशक डंगोल भने सुख्खा बन्दरगाह साइटभन्दा बाहिर चोरी भएको र गेटमा प्रवेश हुँदा कहाँबाट सामान ल्याएको नसोधिने, केबल सामानको गुणस्तर मात्र हेर्ने र चोरी रातको समयमा भएको देखिएकाले कार्यालय समयमा काम गर्ने सुपरभाइजरले पनि थाहा नपाएको भन्दै आफ्नो प्रतिरक्षा गर्छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies