Khabar Dabali Logo
  December 4, Fri

नागढुंगा सुरुङ निर्माण धमाधम

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

आजको राजधानी दैनिकमा खबर छ – कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो । निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्व तयारीको काम तिहारअघि सकेर तिहारलगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको जनाएको छ ।

आयोजना निर्माणका लागि वर्ष दिनअघि नै शिलान्यास गरिएको थियो । मुआब्जालगायतका विवादसँगै कोरोना भाइरस, लकडाउन, निषेधाज्ञालगायतका कारण निर्माण कार्य ढिलाइ हुन गएको हो । काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी निर्माण संस्था हाज्मा–एन्डो जेभीले पाएको छ ।

सुरुङमार्ग निर्माणका लागि सडक विभागले समन्वय गर्दै आएको छ । सुरुङमार्गको काम थाल्न निर्माण स्थलनजिकै कार्यालय स्थापना गर्ने, जनशक्ति व्यवस्थापनलगायतका काम यसअघि नै गरिएको थियो ।

सुरुङ मार्ग निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ कात्तिक २०७६ मा शिलान्यास गरेका थिए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण र नेपाल सरकारको लगानीमा सुरुङ मार्गको निर्माण कार्य अघि बढेको हो ।

सुरुङ मार्ग निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग रहनेछ । उक्त ऋण ४० वर्षमा तिरिसक्नु पर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । सुरुङमार्ग निर्माणको ठेक्का साढे २२ अर्ब रुपैयाँमा लगाइएको छ । जसमा ६ अर्ब नेपाल सरकारको लगानी रहनेछ ।

कात्तिक २६ गते, २०७७ - ०७:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   

एमएकाे परीक्षा दुई घण्टाको मात्र लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने...   

अझै १५ दिन निषेध गरिएका सेवा तथा व्यवसाय सञ्‍चालन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका...   

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक मंसिर २५ र २६ गते

काठमाडौं। नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ...   

गणतन्त्र स्थापनाको १२ वर्षमै किन सलबलाए राजावादी ?

काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो...   

नेकपाकाे आन्तरिक विवादमा दुवै अध्यक्ष रक्षात्मक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा...   

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

काठमाडौं । लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि...   

अक्करमा ओली : न बहुमतको निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम...   
अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णु पौडेलसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top