Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भैरहवा विमानस्थल ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमलाई नै

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई दिने प्रक्रिया अगाडि बढेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दुई महिनाअगाडि सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्डेड दिने निर्णय गरे पनि विरोध भएपछि फिर्ता लिएको थियो ।

ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने निर्णय फिर्ता गर्न नागरिक उड्डयन प्राधिकरणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन नै दिएका थिए । सोहीअनुसार प्राधिकरण र नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको प्रक्रिया अगाडि बढाएका हुन् ।

‘हामीले आवश्यक कागजपत्रहरू उपलब्ध गराएर काम सुरु गरेका छौँ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । प्राधिकरणको छुट्टै युनिट भैरहवामा राख्ने गरी प्रस्ताव पेस गरेको पौडेलले जानकारी दिए ।

५ अर्बभन्दा बढी आम्दानी गर्दै आएको निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङको कार्य गरिरहेको छ । निगमलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिने सहमति भइसकेको र सम्झौताका लागि गर्नुपर्ने अन्य कामहरू बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

‘सहमति भइसकेको छ, खालि अब प्रक्रिया टुंगो लगाउनका लागि दुई पक्षीय छलफल भइरहेको छ,’ पोखरेलले भने । निगमले उडानबाट घाटा व्यहोर्दै आएको भए पनि संस्था चलाउन ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी आवश्यक रहेको निगमका प्रबन्ध निर्देशक पौडेलले बताए ।

भैरहवाको विमानस्थलमा भौतिक निर्माणको काम ९३ प्रतिशत सम्पन्न भइसकेको छ । विमानस्थल ०७७ फागुनसम्म सञ्चालनका लागि योग्य हुने अनुमान गरिएको छ । तर, अहिले पनि विमानस्थलमा जडान हुनुपर्ने इक्विप्मेन्टको काम बाँकी रहेको छ ।

सन् २०१८ मै निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ मै विमानस्थल निर्माणको जिम्मा ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो । आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिए पनि विमानस्थल निर्माणको लागत करिब ३३ अर्ब पुगेको छ ।

पहिलो चरणमै लागत १० अर्ब पुग्ने अनुमान छ । त्यस्तै, मुआब्जाका लागि २३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ रहेको छ । धावनमार्गको कालोपत्रेको काम सम्पन्न भइसकेको छ भने टर्मिनल भवनसमेत निर्माणको अन्तिम चरणमा पुगेको छ । बाँकी इक्विप्मेन्ट रेडार, बत्ती तथा प्राविधिक जडानको काम भने अझै हुन सकेको छैन ।

ठेकेदार कम्पनीले पटक–पटक निर्माणको अवधि तन्काउँदै जाँदा अन्य प्रक्रियामा समेत असर परेको छ । जनवरीसम्म सम्पन्न गर्ने भन्दै गत जुनमा म्याद थपिएको थियो । तर, कम्पनीलाई पुनः तीन महिना समय थप गरेर गत मार्च अन्तिम तथा १५ चैतसम्मको समय दिइएको थियो ।

कोभिड–१९ का कारण पुनः म्याद थप गरेर २० डिसेम्बर पुर्‍याइएको छ । चिनियाँ कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो ।

हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयको विवरण लेखाले माग्यो

दुई महिनाअगाडि हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने निर्णय गरेकोमा संसद्को सार्वजनिक लेखा समितिले चासो दिएको छ । लेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग निर्णयको सबै विवरण पेस गर्न परिपत्र गरेको छ ।

४ असोजमा नागरिक उड्डयन प्राधिकरणले निर्णय गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र जारी गरेको थियो । यता मन्त्रालयले भने केही दिनअगाडि मात्रै निर्णय फिर्ता भइसकेको बताउँदै विवरण उपलब्ध गराउनु नपर्ने पत्र पठाएको छ ।

विगत ४० वर्षअगाडिदेखि नै थाई एयरवेज र एयर इन्डियाले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् । त्यसयता दर्जनौँ एयरलाइन्सले उडान गरेता पनि त्यसको व्यवस्थापन निगमले गर्दै आएको छ । निगमको आयको मुख्य स्रोत नै खोस्ने गरी हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ जिम्मा दिइएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies