Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । विनयी खोलाका कारण बर्सेनि सास्ती खेप्दै आएका यस क्षेत्रका स्थानीयवासी अहिले झोलुङ्गे पुल निर्माण भएपछि खुुसी भएका हुन् ।

विगतका वर्षमा आवतजावतका लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयवासीको थियो । बर्सेनि वर्षातको समयमा स्थानीयवासीले ज्यानसमेत गुमाउने गरेको स्थानीय धनबहादुर सोमैले बताए । अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उनको भनाइ छ । बिरामी हुदाँ उपचारका लागि जानसमेत वर्षाको समयमा निकै समस्या हुने गरेको उनले बताए ।

केही समयअघि गण्डकी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनका लागि यस क्षेत्र पुग्ने क्रममा स्थानीयवासीले त्यहाँको समस्या बताएका थिए । त्यसपछि प्रदेश सरकारको लागतमा पुल निर्माण भएको हो । सोमबार पुलको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रका स्थानीयले माग गरेबमोजिमको पुल निर्माण सम्पन्न भएकामा खुसी लागेको बताए ।

भारतसँग जोडिन कोरला–त्रिवेणी सडकमा महत्वपूर्ण क्षेत्रको रूपमा बहुवान रहेको छ । बहुवानसम्म अहिले कच्ची सडक रहेको छ । यहाँबाट त्रिवेणीसम्म करिब १९ किलोमिटर खण्डमा ट्र्याक खोल्नुपर्ने छ । ट्र्याक खुलेमा गण्डकी प्रदेश सोझै आफ्नै प्रदेशको बाटो हुदै भारतीय सीमा नाकासँग जोडिने छ । यद्यपि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । बहुवानमा त्रिवेणी नाका जोड्ने सडक निर्माणका लागि आवश्यक कामहरु भइरहेको र यस क्रममा रहेका केही कानूनी अड्चन हटाउँदै यस सडकखण्ड खोलेर छाड्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies