Khabar Dabali Logo
  November 29, Sun

भरतपुर महानगरद्वारा २९६ छात्रालाई साइकल वितरण

चितवन । भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण रेको हो ।

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३३० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।

जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख दाहालले बताइन् ।

महानगर प्रमुख दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको जानकारी दिइन्। महानगरका आधारभूत विद्यालयलाई ल्यापटप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको उनले बताइन् । एक सय २३ सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको दाहालले जानकारी दिइन् ।

कात्तिक २५ गते, २०७७ - १०:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारमा आज पनि नयाँ कीर्तिमान, नौ अर्ब माथीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से...   

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको...   

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन, शिक्षामा दीर्घकालीन असर पर्ने विज्ञहरुको भनाइ

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको...   

पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा काेराेना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   
बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा...   

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना...   

यस्तो छ उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा

काठमाडौँ । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको...   

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी...   

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट, एक टिकट खरिदमा अर्को टिकट निःशुल्क

काठमाडौं । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न...   
चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत, यी दुई एजेन्डामा छलफल हुने

चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत, यी दुई एजेन्डामा छलफल हुने

काठमाडौं । एकदिने नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top