Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोनाका गम्भीर बिरामीको संख्या दिनदिनै बढ्दै

सोमबार ४९४ संक्रमित आइसियू र भेन्टिलेटरमा उपचार गराउँदै

काठमाडौं । कोरोना संक्रमित गम्भीर बिरामीको संख्या दिनदिनै बढ्दै छ । १५ दिनअगाडि अर्थात् १० कात्तिकमा आइसियू–भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या तीन सय ४९ थियो । सोमबार यो संख्या चार सय ९४ पुगेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार देशभरका आइसियूमा चार सय ११ संक्रमितको उपचार भइरहेको छ । त्यस्तै, ८३ जना भेन्टिलेटरमा छन् । यो संख्या अघिल्लो दिनको तुलनामा १३ जना बढी हो । आइतबार आइसियूमा तीन सय ९८ र भेन्टिलेटरमा ८२ संक्रमित उपचाररत थिए । त्यस्तै, शनिबार आइसियूमा तीन सय ६५ र भेन्टिलेटरमा ७६ जना उपचाररत थिए ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण समुदायस्तरसम्म फैलिँदै गएपछि गम्भीर बिरामी पनि थपिँदै गएको बताए । ‘विगतमा संक्रमण समुदायस्तरसम्म नपुग्दा आइसियू–भेन्टिलेटरमा पुग्नेहरूको संख्या कम थियो । तर, अहिले भाइरस समुदायमा तीव्र गतिमा फैलिएको छ,’ उनले भने, ‘यसअघि वृद्धवृद्धामा नपुगेको भाइरस अहिले पुगेको छ । यसले गर्दा कोरोनाबाट हुने मृत्युसँगै आइसियू–भेन्टिलेटरमा पुग्नेहरूको संख्या पनि दैनिक बढ्ने क्रममा छ । मृत्यु भएकाहरूको संख्या हेर्दा धेरैजसो वृद्धवृद्धाहरू नै छन् ।’

डा. अधिकारीका अनुसार अब जाडोमा दीर्घरोगीहरूलाई कोरोना भाइरसले थप समस्या ल्याउनेछ । ‘यो जाडोमा आइसियू–भेन्टिलेटरमा पुग्नेको संख्या बढ्ने मात्रै होइन, मृत्यु हुनेको संख्या पनि बढ्ने अनुमान छ । त्यसैले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु उचित हुन्छ,’ उनले भने ।

सघन उपचार कक्षमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । यहाँ दुई सय चारजना आइसियू र ५२ जना भेन्टिलेटरमा छन् । त्यस्तै, प्रदेश १ मा ४९ जना आइसियू र १३ जना भेन्टिलेटरमा, लुम्बिनीमा ५४ जना आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा आठजना आइसियू र दुई जना भेन्टिलेटरमा छन् । त्यसैगरी सुदूरपश्चिममा १५ जना आइसियू र एक जना भेन्टिलेटरमा, गण्डकीमा ७२ जना आइसियू र नौजना भेन्टिलेटरमा तथा कर्णालीमा नौजना आइसियूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई हजार पाँच सय ७१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । यसमध्ये एक लाख ५९ हजार सात सय २४ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म मृत्यु हुनेको जम्मा संख्या एक हजार एक सय २६ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ संक्रमितको मृत्यु भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies