Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

विलमिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन् ।

अमेरिकामा सामान्य सेवा प्रशासन (जिएसए)ले औपचारिक रूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ जसले संक्रमणकाल सुरु गर्दछ । तर ट्रम्पले नियुक्त गरेकी यस निकायकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया शुरू गरेका छैनन् । मर्फीले बाइडेनको टिमसँग सहकार्य गर्ने बारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन दिएका छैनन् ।

त्यो स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ । यसबाट ट्रम्पले सार्वजनिक रूपमा बाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुठा दाबीलाई अझै पनि सत्य साबित गर्न खोजेझैं देखिँदैछ ।

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन । विशेष गरी यस बर्ष चुनौती बढी छ किनकि बाइडेनले एउटा महामारीको बीचमा प्रशासन सम्हाल्दै छन् जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ ।

“अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्यरुपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नु पर्दछ,” बाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्वीटमा बताएका छन् ।

अमेरिकाको गैर–नाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई “चुनाव पछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र बाइडेन टोलीलाई संक्रमकालीन ऐन बमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन” आग्रह गरेको छ ।

शनिबार अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरे पनि सरकार निर्माणको कदम चाल्नु भएको छ ।

बाइडेनले सर्वप्रथम कोरोनाभाइरसमा ध्यान केन्द्रित गर्नु हुनेछ । अमेरिकामा हालसम्म लगभग २ लाख ४० हजार अमेरिकीको ज्यान गइसकेको छ । बाइडेनले सोमबार एक कार्यदलको कार्य विवरण घोषणा गर्दै हुनुहुन्छ जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ । यस कार्यदलले आगामी जनवरी २० मा बाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ ।

बाइडेनले यसअघि नै शल्य चिकित्सक डा विवेक मूर्थी र पूर्व खाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सह–अध्यक्षका रूपमा घोषणा गरिसकेका छन् ।

बाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्नु हुनेछ जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरुसँग सम्पर्क स्थापना गर्नेछ । उनीहरूले विवरणहरु संकलन गरी त्यसको समीक्षा गर्नेछन् जस्तै बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरु र प्रक्रियामा रहेका अन्य कामहरू ।

तर त्यो प्रक्रिया पूर्ण रूपमा सुरु हुन सक्दैन जबसम्म बाइडेनलाई जिएसएले राष्ट्रपति–निर्वाचित रूपमा मान्यता दिँदैन ।

जिएसएको नेतृत्वले स्वतन्त्र र पक्षपात रहीत ढंगले कार्य गर्ने विश्वास गरिन्छ, र कम्तिमा संघीय सरकारका केही अवयवहरूले संक्रमणकालीन योजनाहरू कार्यान्वयन गर्न सुरु गरिसकेका छन् । उदाहरणका लागि, नागरिक उड्डयन अधिकारीहरूले डेलावेयरको विल्मिंगटनस्थित बाइडेन लेकफ्रन्टको घरमाथिको हवाईक्षेत्र प्रतिबन्धित गरेका छन भने सिक्रेट सर्भिसले राष्ट्रपति–निर्वाचित र उहाँको परिवारका लागि राष्ट्रपतिको सुरक्षा विवरणबाट एजेन्टहरू प्रयोग गर्न थालेको छ ।

डेमोक्रेटका केही नेताहरूले नयाँ प्रशासनको तयारी गरिरहेका पनि देखिएका छन् ।

बाइडेनका सहयोगीहरूले राष्ट्रपति–निर्वाचित र संक्रमणकालीन टोलीले रिपब्लिकन सांसदहरुसँग सम्पर्क गरेका छन् । ट्रम्पका निकटतम सहयोगीहरूमध्ये एक, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार मन्त्रिपरिषदको बैठक बस्नुअघि पूर्व उपराष्ट्रपति तथा सिनेटर बाइडेनलाई बधाई दिनु भएको छ ।

“जो बाइडेनसँग मेरो करिब ४० वर्षदेखि लामो र न्यानो व्यक्तिगत सम्बन्ध रहेको छ, र म उहाँलाई इजरायल राज्यको एक महान मित्रको रूपमा चिन्दछु,” नेतन्याहूले भन्नुभएको छ ।

रिपब्लीकन पार्टीका एक मात्र जीवित पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले बाइडेनलाई “एक असल व्यक्ति” रहेको जनाउँदै उहाँको शासनकालमा अमेरिका अझ एकबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ ।

तर दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहम लगायत केही रिपब्लिकनले ट्रम्पलाई चुनाव सम्बन्धी कानुनी चुनौतीहरूको अनुशरणलाई जारी राख्न आग्रह गर्नु भएको छ ।

बाइडेनले आइतबार विलमिंग्टनमा आफ्नो घर नजिकको ब्रान्डवाईनस्थित सेन्ट जोसेफ चर्चमा भाग लिए । यहाँ उनी प्रत्येक साता जाने गर्छन् ।

उनले अरु समय प्रायः घरमै बिताए । उनका केही कर्मचारीले भिडियोमार्फत घण्टौ खर्च गरी संक्रमणकालीन योजना बनाउनेतर्फ केन्द्रित भएका थिए ।

ती योजनाहरू जोर्जियामा दुई सिनेटको दौडसँग पनि सम्बन्धित हुन सक्छन् किनभने यहाँ आगामी जनवरी ५ मा दोस्रो चरणको मतदान हुँदैछ । यो ठाउँमा रिपब्लिकनले ती सिटहरू जितेमा सिनेटमा रिपब्लीकनको बहुमत हुनेछ र बाइडेनको मन्त्रिमण्डल गठनमा ढिलाई हुनुका साथै बाइडेनले अघि सार्नु भएका कैयौं योजनालाई सहज रुपमा अघि बढाउन कठिन हुनेछ ।

शनिबार आफ्नो विजय भाषणको क्रममा बाइडेनले आफूले सबैलाई एकीकृत गरेर लैजाने बताएका थिए । उनले ट्रम्प समर्थकहरूलाई “एक अर्कालाई मौका दिन” आग्रह पनि गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies