Khabar Dabali Logo
  November 26, Thu

झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।

कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।

सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पु¥याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ । ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु दुई हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो ।

पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पु¥याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो । ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन् ।

आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लट्न मानव तस्करहरु सक्रिय भइरहेका बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा खुशी व्यक्त गरे ।

कात्तिक २४ गते, २०७७ - १५:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पदमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

पदमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर...   

५ महिनाको गैँडाको बच्चा मृत अवस्थामा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित...   
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका...   

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय...   

सुरक्षा कारबाहीमा परी ९ तालिबान लडाकू मारिए

हेरात । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा...   

दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु

दुबई । युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको...   
६ वर्षीया बालिका हत्याका दोषीलाई कारवाही गर्न माग

६ वर्षीया बालिका हत्याका दोषीलाई कारवाही गर्न माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका...   

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

काठामाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति...   

छैन स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि

कालिकोट । कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव...   
सामाजिक दूरी कायम गर्दै कालीगण्डकीमा स्नान

सामाजिक दूरी कायम गर्दै कालीगण्डकीमा स्नान

बलेवा । हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top