Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

परासी । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए । टुकीको भरमा जीवन बिताउँदै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै सरकारले सौर्य प्लान्टमार्फत बिजुलीको व्यवस्था गरेको हो । ग्रिड निर्माण सम्पन्न भइसकेकाले अब घर घरमा बिजुली बाल्न मात्र बाँकी रहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले राससलाई जानकारी दिए ।

बिजुली बाल्न अहिले घर घरमा तार जडान गरिएको छ । टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको एकवर्ष अघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गरेका थिए ।

कूल रु चार करोड ८० लाख ९२ हजार २६८ मा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात रु दुई करोड ८८ लाख ५५ हजार ३६१ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान छ भने तराई–मधेस समृद्धि कार्यक्रमको रु एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु १७ लाख ३६ हजार ९०७ लगानी रहेको छ ।

तिहारअघि नै सुस्तालाई झिलिमिली बनाउने गरी सौर्य ग्रिडको उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । “दशैँ अघि नै उद्घाटन गर्ने तयारी थियो, तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि प्रभावित हुन पुग्यो, अब लक्ष्मीपूजा अघि नै सुस्तामा झिलिमिली बत्ती बल्ने गरी उद्घाटन गर्छौँ”, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण भएको सौर्य ग्रिडको विशेष चासो राखेकाले उनीबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष पाण्डेले बताए । सय किलोबाट क्षमताको सो आयोजनाबाट सुस्ताका २६६ घरधुरी लाभान्वित हुनेछन् । अब सुस्तावासीले सौर्य ऊर्जाको माध्यमबाट घर घरमा विद्युत् सेवा उपभोग गर्न पाउनुका साथै स–साना उद्योग पनि सञ्चालन गर्न सक्ने उल्लेख गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले भने, “अब सुस्तावासीलाई धेरै सहज हुन्छ, अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ” ।

बिजुलीको अभावमा सुस्तावासीले गर्मी मौसममा पङ्खा चलाउन, अध्यारोमा हिँडडुल गर्दा सर्पदंशको समस्या भोग्नुका साथै तरकारी तथा अन्नबालीमा सिँचाइ गर्नबाट पनि वञ्चित थिए ।

बिजुलीको अभावले स–साना उद्योग व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न समेत नपाएको सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रवीन्द्र जयसवालले बताए । “२१औँ शताब्दीमा पनि हामी टुकी बालेर बसेका थियौँ, अब बिजुली आएपछि हामी धेरै उत्साहित भएका छौँ, अब त हाम्रो जीवनशैली नै परिवर्तन हुन्छ’, उनले भने । घर घरमा बिजुली बत्ती बाल्न मात्र नभइ अब टेलिभिजन, फ्रिज, पङ्खालगायत विद्युतीय उपकरण प्रयोग गर्न, स–साना पानी तान्ने मोटर चलाउन र विद्युत्बाट सञ्चालन हुने साना खालका उद्योग स्थापना गर्न समेत सहज हुने उनको भनाइ छ ।

सौर्य ऊर्जाबाट उत्पादित बिजुलीले विद्युत् प्राधिकरणमार्फत वितरित बिजुलीले जत्तिकै काम गर्ने भएकाले कृषि सिंँचाइका लागि बोरिङ सञ्चालन गर्न पनि सजिलो हुने उनको भनाइ छ । पछिल्लो पटक सुस्तामा बिजुलीको विस्तारसँगै सुरक्षित आवास, सडक स्तरोन्नति, झोलुङ्गे पुल, खानेपानी, तटबन्धलगायतका पूर्वाधार निर्माण भइरहेका छन् । ‘विकासको दृष्टिकोणले अहिले सरकारले राम्रो गरेको छ, अब हामी स–साना घरेलु उद्योग सञ्चालन गरेर आयआर्जन गर्ने सोचमा छौँ’, जयसवालले भने ।

बिजुलीको पहुँचसँगै यहाँको कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । नारायणी नदीमा पुल नहुँदा डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य सुस्तावासी वर्षातको समयमा आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । हाल सुस्तामा आफ्नैै देशबाट जान मिल्नेगरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भइरहेको छ । पुल निर्माण कार्य अबको डेढ वर्षभित्र सकिने र त्यसपछि सौर्य मिनीग्रिडबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रशारणलाइनमा जोडिने गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

अन्धकारबाटमुक्त भएसँगै अब सुस्तावासीलाई सहज आवातजावतका लागि पुल निर्माणलाई पनि तीव्रता दिइएको उनको भनाइ छ । विगतमा सरकारबाटै उपेच्छित भएको अनुभूति गर्दै आएका सुस्तावासीले पछिल्लो पटक सरकारले सुस्तामा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको महसुस गर्न थालेको बताइएको छ ।

सीमा विवादको विषयलाई पनि प्राथमिकताका साथ सरकारले टुङ्गो लगाईदिए भारतीय पक्षबाट समय समयमा हुनेगरेको अतिक्रमण र अनावश्यक दबाबबाट छुटकरा मिल्ने सुस्तावासीको भनाइ छ ।

सुस्ता बचाउ अभियानका प्रवक्तासमेत रहनुभएका जयसवालका अनुसार सुस्तामा तीन हजार १३३ जनाको बसोबास छ । सुस्तामा विसं २०२२ देखि बसोबास शुरु भएको थियो । सुगौली सन्धिअनुसार सुस्ताको कूल क्षेत्रफल ४० हजार ९८० हेक्टरमध्ये भारतले १४ हजार ५०० हेक्टर अतिक्रमण गरिसकेको छ । करिब १९ हजार ४८० हेक्टर जमीन विवादित छ भने बाँकी रहेको सात हजार हेक्टर मात्र अहिले सुस्ताबासीले भोगचलन गर्दै आएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies