Khabar Dabali Logo
  November 26, Thu

अफगानिस्तानमा हिंसात्मक हमला: ८ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते

काबुल । अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते भएका बताइएको छ ।

नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार प्रहार भएको छ । त्यसमा परी सो क्षेत्रमा बसोबास गरिआएका ती नागरिकको ज्यान गएको बताइएको छ । सो गजनी प्रान्तका प्रान्तीय प्रवक्ता जाहिदुल्लाह जुमाले जानकारी दिएका छन् । सो आवास क्षेत्रमा भएको मोर्टार प्रहारमा परेर त्यहाँ बसिरहेका ८ जनाको ज्यान गएको छ भने अरु ७ जना नराम्ररी घाइते भएका प्रवक्ता जुमाले बताएका हुन् ।

आइतबार साँझ सो क्षेत्रमा मोर्टार प्रहार भएको थियो । तर त्यो मोर्टार कसले र किन हानेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । तर पनि अफगानिस्तानमा हिंसा गरिरहेका तालिबानहरुले नै सो हमला गरेको हुनसक्ने यहाँका सुरक्षा निकायले दाबी गरेका छन् ।

यस हमलाको तालिबानहरुले भने कुनै जिम्मेवारी लिएका छैनन् । यस विषयमा उनीहरुबाट कुनै प्रतिक्रिया पनि आएको छैन ।

कात्तिक २४ गते, २०७७ - १२:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका...   

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय...   

सुरक्षा कारबाहीमा परी ९ तालिबान लडाकू मारिए

हेरात । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा...   

दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु

दुबई । युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको...   
६ वर्षीया बालिका हत्याका दोषीलाई कारवाही गर्न माग

६ वर्षीया बालिका हत्याका दोषीलाई कारवाही गर्न माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका...   

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

काठामाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति...   

छैन स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि

कालिकोट । कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव...   
सामाजिक दूरी कायम गर्दै कालीगण्डकीमा स्नान

सामाजिक दूरी कायम गर्दै कालीगण्डकीमा स्नान

बलेवा । हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा...   

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी...   

धार्मिक पर्वमा देवघाट भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top