Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

रुकुम–पूर्वमा राडीपाखीको माग बढ्दो, उत्पादन घट्दै

रुकुम । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो शुरु हुनासाथ अत्यधिक मात्रामा बढ्ने राडीपाखीको कारोबार पछिल्लो समय घट्दै गएको छ । राडीपाखी निर्माण गर्ने क्रम घट्दै गएपछि कारोबार पनि घटेको हो । पछिल्ला केही वर्षयता जिल्लामा भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट तयार पारिने न्यानो कपडाको उत्पादन घट्दै गएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुहरु पहिले जसरी सहजै रूपमा पाउन मुस्किल हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–६ मयाङका वडाध्यक्ष तोपे सेन ठकुरीले बताए । विशेष गरेर राडीपाखी बनाउने चलन घट्दै गएको भन्दै उहाँले छोटो समय र कम मेहनतमै तयार पार्न सकिने सिरक बनाउनतर्फ मानिसहरु आकर्षित भएको बताउनुहुन्छ । एउटा राडी९कम्बल० तयार पार्न १५ देखि २० दिनसम्म लाग्छ, तर सिरक बनाउन थोरै समय लाग्ने भएकाले मानिसले राडीपाखी बनाउन छोड्दै गएको उनको भनाइ छ ।

राडीपाखी तयार पार्न झन्झटिलो हुने भएकाले पनि त्यसतर्फ पछिल्लो पुस्ताले ध्यान दिएको छैन । बूढापुराना मानिसहरु सकिँदै गएको, नयाँमा सीप हस्तान्तरण हुन नसक्नु र युवा पुस्ताले पनि सीप सिक्नमा ध्यान नदिएकै कारण राडीपाखी निर्माणको पेशा धरापमा पर्दै गएको वडाध्यक्ष सेनको भनाइ छ । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडा पालिन्छ । विगतका वर्षमा जिल्लामा असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गरेको थियो । एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु १० हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा–६ मयाङकी पूर्णचरी मल्लले बताए ।

भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बजारमा बढ्दै गएको तर उत्पादन घट्दै गएकाले माग अनुसारको राडीपाखी बजारमा पुर्याउन नसकिएको मल्लले बताए । जिल्लाको तकसेरा, कोल राङ्सी, मयाङ, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका ठाउँका मानिसहरले राडीपाखी तयार गर्ने गर्दछन् । बजारको माग अत्यधिक र उत्पादन न्यून भएपछि मानिसहरु राडीपाखी खोज्दै घरमै पुग्ने गरेको मयाङका अर्का तारा सेनले बताए।

जिल्लामा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत यहाँ रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies